Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

एमाले नेतालाई आश्रय दिने नधता पोखरेलप्रति श्रद्धाञ्जली

एमाले नेतालाई आश्रय दिने नधता पोखरेलप्रति श्रद्धाञ्जली

images

इच्छाकामना न्युज

२१, कार्तिक २०८३
एमाले नेतालाई आश्रय दिने नधता पोखरेलप्रति श्रद्धाञ्जली
images

काठमाडौँ । निर्दलीय पञ्चायकालीन समयमा वामपन्थी नेताहरुलाई दोलखा जिल्लामा आश्रय दिने रनधता पोखरेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिस्थित आर्यघाटमा आज दिवङ्गत पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली प्रकट गर्नुभयो ।

एकान्नब्बे वर्षीया उहाँको भक्तपुरको लोकन्थलीस्थित बिहीबार साँझ निधन भएको थियो । त्यस्तै कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, पूर्वसभामुख देवराज घिमिरेलगायतका महानुभाव आज आर्यघाट जानु भई मुलुकमा लोकतन्त्र स्थापनाका लागि उहाँले खेल्नुभएको योगदानप्रति उच्च सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी आमासमेत रहनुभएकी स्व पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले सचिव भानुभक्त ढकाल, पूर्वमन्त्री पार्वत गुरुङ, सङ्घीय सांसद, प्रदेशसभाका सदस्य, बागमती प्रदेशका पूर्वमन्त्री रचना खड्कालगायतका नेता आर्यघाट पुग्नुभएको थियो ।

पञ्चायकालको भूमिगत जीवनमा अध्यक्ष ओली, पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा नेताहरु अमृत बोहरा, केशव बडाल, माधव पौडेललगायतलाई उहाँले आश्रय दिनुभएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्व पोखरेलका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

 
 

images
प्रकाशित मिति :कार्तिक २१, २०८३ शुक्रवार - ११:३९:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology