Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दाङमा सीम साग स्थानीय किसानका लागि आम्दानीको राम्रो स्रोत बन्दै 

दाङमा सीम साग स्थानीय किसानका लागि आम्दानीको राम्रो स्रोत बन्दै 

सिआईएन

४, चैत्र २०७८
दाङमा सीम साग स्थानीय किसानका लागि आम्दानीको राम्रो स्रोत बन्दै 
images

चन्द्रप्रकाश नेपाली, दाङ, ४ चैत । दाङको घोराही स्थित खोलामा पाइने खोले अर्थात् सीम साग स्थानीय किसानका लागि आम्दानीको राम्रो स्रोत बनेको छ । गाउँदेखि सहर बजारसम्म खोले सागको माग बढ्न थालेपछि खोला छेउका स्थानीय महिलाले खोले साग रोप्ने र विक्री गरेर आम्दानी गरिरहेका छन् । घोराहीका कटुवा खोला, सिस्ने खोला, सेवार खोलासँगै विभिन्न खोलाहरूमा अहिले खोले सागको उत्पादन भईरहेको छ । ।

images
images

सीम साग, पालुङ्गे साग जस्ता नामले पनि चिनिने खोले सागको बजार माग पनि राम्रो छ । केही वर्ष पहिले खोलामा आफैं फल्ने र बर्खामा भेलसँगै बगेर जाने खोले सागलाई महिलाहरुले व्यवस्थित तरिकाले उत्पादन गर्दै आम्दानीको स्रोत बनाएका छन् । कुनै पनि रासायनिक मल र विषादीको प्रयोग नहुने सीम साग अर्गानिक र स्वास्थ्यका हिसाबले राम्रो भएकाले व्यापार पनि राम्रो छ । सोही कारण स्थानीयले व्यवसायिक रुपमै  यसको खेति गर्न थालेका हुन् ।

खोले साग बेचेरै सिजनको तीस हजारसम्म आम्दानी हुने स्थानीयवासी सुसिला नेपालीले बताउनुभयो । उपभोक्ता साग किन्न आफैं खोलासम्म पुग्ने गर्छन् भने कतिपय किसान साग बोकेर बजार पनि पुग्छन् । खोलामा किन्न पुग्नेहरुलाई २५ देखि ३० रुपैयाँ प्रति मुठामा विक्री गरिन्छ भने, बजारमा मुठाको ६० रुपैयाँसम्म पर्छ । 

अहिले घोरहीका खोलामा उत्पादन  भएका साग  किन्नका  लागी छिमेकी पालिका लमहीदेखी लिएर कृष्णनगर, नेपालगञ्ज, शिसहनियासम्मका मानिसहरू आउने गरेका छन् । थोरै विवेक लगाउने र मिहेनत गर्ने हो भने कमाउनका लागि खासै समस्या नहुने स्थानीय महिलाहरू बताउँछन् । 

images
प्रकाशित मिति :चैत्र ४, २०७८ शुक्रवार - ०९:१०:०५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology