आँबुखैरेनी, २ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिकाका दर्जनौ युवाहरु विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बुधबार माओवादी केन्द्र आँबुखैरेनीको पार्टी कार्यालयमा आयोजित कार्यक्रम मार्फत उनीहरु पार्टी प्रवेश गरेको हो।

माओवादी केन्द्रमा नवप्रवेशी युवाहरुलाई माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य सुर्य गौली (पारस) र शुक्र चुमानले अबिर र खादा लगाई पार्टीमा स्वागत गरेको राजु गुरुङले जानकारी दिए।
उनका अनुसार आँबुखैरेनी ३ का शंकर गुरुङ, सुजन सुनार, चित्र बहादुर थापा, मिलन सुनार, मिलन सुनार, बिनोद परियार, राजकुमार थापा, अनिस सुनार, लिला बि.क., २ का अतित परियार, ४ का गंगा कुमारी गुरुङ, ५ का राजेन्द्र गुरुङ लगायतका युवाहरु माओवादी केन्द्र प्रवेश गरेका हुन्।