Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

'हाम्रै हो लिपुलेक' गीतका गायक धामीलाई अवार्ड

'हाम्रै हो लिपुलेक' गीतका गायक धामीलाई अवार्ड

इच्छाकामना न्युज

२९, फाल्गुण २०७८
'हाम्रै हो लिपुलेक' गीतका गायक धामीलाई अवार्ड
images

बैतडी, २९ फागुन । 'हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी' गीतका गायक तथा सर्जक मनोजसिंह धामीलाई अवार्ड प्राप्त भएको छ । सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७७/०७८ बाट उनलाई सम्मानित गरिएको हो । 

images
images

उक्त गीतमा गायक धामी र गायिका पूर्णकला बिसीको आवाज छ भने विनोद बाजुरालीको म्युजिक एरेन्ज  छ । म‌ंसिर २०७७ मा रिलिज भएको उक्त गीत हरेक पटक सिमानाका विषयमा विवाद हुँदा आन्दोलनहरूमा समेत घन्किने गरेको छ । 

उत्कृष्ट पाँचको मनोनयनमा छनौट भएका प्रतियोगीमध्ये २० प्रतिशत भोट र ८० प्रतिशत गीतको मूल्यांकनको आधारमा विजेता छनौट गरिएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति काठमाण्डौँले आयोजना गरेको सातौँ संस्करण राष्ट्रिय लोक दोहोरी अवार्ड विजेता धामीलाई अवार्ड प्रदान गरिएको हो । 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - २१:१०:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology