Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

विकटताको खाल्डोबाटै विद्यार्थीलाई सफलताको शिखर चढाइरहेको एउटा विद्यालय

विकटताको खाल्डोबाटै विद्यार्थीलाई सफलताको शिखर चढाइरहेको एउटा विद्यालय

न्युज कारखाना

२९, फाल्गुण २०७८
विकटताको खाल्डोबाटै विद्यार्थीलाई सफलताको शिखर चढाइरहेको एउटा विद्यालय

विशाल बस्नेत, महोत्तरी, २९ फागुन । खयरमारा बजारबाट करिब आठ किलोमिटर यात्रा गरेपछि छोड्के पुगिन्छ । चारैतिर चुरे पर्वतले घेरिएको यो ठाउँमा नदीको किनार छाडेर  सय मिटरअघि बढेपछि रूखको छेउमा टाँसेको एउटा बोर्ड छ । बोर्डमा मेटिन लागेको पूरानो अक्षरमा श्री माध्यामिक विद्यालय लेखिएको छ । 

images

20220301_142535.jpg.jpg

वरपर कतै पनि गाउँ देखिदैनन् । जंगलको बीचमा रहेको यो भवन विद्यालय होला भनेर पत्याउन निकै मुस्किल हुन्छ । तर, महोत्तरीको बर्दिबास–११ स्थित छोड्के भन्ने ठाउँमा रहेको यो विद्यालयमा तीन सय विद्यार्थी अध्ययरन छन् ।

नदीको किनारबाट विद्यालयका लागि कम्पाउण्ड उठाइएको छ । दुई, तीन वटा जिर्ण भवनको बीचमा टलक्क टल्केको एकतले भवन पनि साथमै छ । नगरप्रमुख विदुर कार्की परैबाट औल्याउँदै भन्दैछन्, ‘यसपालि नै बनाएको भवन हो । झण्डै २५ लाख लाग्यो । साथमा यो छेउमा कम्पाउण्ड पनि बनायौं।’ 

विद्यालयको हाताभित्र प्रवेश गरेपछि लाइब्रेरी र केही थान कम्प्युटर पनि देखिन्छन् । व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर तामाङ भन्छन्, ‘हामीले विद्यालयमा कम्प्युटर पनि सिकाउँछाँै । प्रावधिक शिक्षकको त अभाव नै छ । तै पनि जानेका सरहरूले सिकाउनु हुन्छ ।’

20220301_140751.jpg.jpg

यहाँका विद्यार्थीहरूको भने आफ्नै कथा छ । सबैभन्दा नजिक भनेका विद्यार्थीको घर र विद्यालयको दुरी आधा घण्टाको छ । सर्लाहीको कालिन्जोर, फुलजोर, खयरमाराको गर्दी, गुरूङ खोला, गर्दी खोला, छोड्के, भाङ्ग्रे झ्याउरे, पिपलदह, चनौटे जस्ता ठाउँका विद्यार्थी यहाँ पढ्न आउँछन् । 

तराईको विद्यालय भए पनि यहाँ आइपुग्ने सडक निकै कठिन छ । अझ भनौ सडकनै छैन । केही समयअघि मात्रै नगरपालिकाले सडकको ट्रयाक खोलेको छ । 
कालिन्जोर, फुलजोर सिदिबाट आउने विद्यार्थी करिब दुई घण्टा हिडेपछि बल्ल विद्यालयमा आइपुग्छन् । सबैभन्दा बढी सडक सञ्जालको विकास भएको तराईमा चुरे पर्वतको काखमा रहेका यस्ता ठाउँका विकटताले विद्यार्थीहरूलाई समस्या परिरहेको छ । 

२०४० सालमा स्थापना भएको यो विद्यालयले बर्षौदेखि यही विकटताको खाल्डोमा रहेर पनि धेरै जनालाई सफलताको शिखरमा पु¥याएको छ । यही विद्यालयमा अध्यन गरेका कयांै विद्यार्थी अहिले सरकारी तथा उच्च ओहदामा कार्यरत छन् ।

विहान दुई घण्टा बेलुका दुई घण्टा साँझ गरी दिनको चार घण्टा बिताएपछि बल्ल साना, ठूला नानीहरू विद्यालयमा पढ्न पाउँछन् ।

नगरपालिकाले यहाँको विकटतालाई महसुस गरी ध्यान पुर्‍याएको छ । सम्भवतः दुई वर्षभित्र यहाँ स्थायी सडक बन्ने र यस भेगवाट विकटता विस्थापन हुने नगरप्रमुख कार्की बताउँछन् । 

त्यसो त सम्बन्धित निकायको व्यवास्ताले पनि बर्षाैदेखि छोड्के र यस विद्यालय निकै विकटताको खाडलमा रहेको छ स्थानीयको बुझाइ छ । ‘पछिमात्र स्थानीय सरकारको अखाँ पर्दैछ । यही गतिमा ध्यान दिएको भए यतिन्जेलसम्म निकै सुगम भइसक्थ्यो होला ।’ स्थानीय युवा सोमबहादुर बम्जनले भने ।

20220301_150340.jpg.jpg

सामान्य स्वास्थ्य चौकी पुग्न यहाँका बासिन्दालाई अझै घण्टाँै हिड्नु पर्ने बाध्यता छ । बिरामी हँुदा एम्बुलेन्स पुग्दैन । नदीको किनारलाई नै सडक ठानेर सवारीसाधन चल्छन् । बर्षायाममा यहाँ नाकावन्दी जस्तै हुन्छ । न विद्यार्थी विद्यालय पुग्न सक्छन् न त शिक्षक नै । त्यसैले हरेक बर्षायाममा करिब दुई महिना विद्यालय बन्द हुन्छ । 
अझै पनि शिक्षकहरू यहाँ पर्याप्त मात्रा नभएको गुनासो गर्छन । स्थानीय कदमबहादुर आले । ‘शिक्षकहरू थिएनन् बल्ल एक जना शिक्षक नगरले पठाएको छ । अझै केही दरबन्दी आवश्यक छ ।’ उनले भने ।

विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरूको मात्र होइन स्थानीयको पनि छोड्के गाउँमा समस्या छ । बजार जान मात्रै यहाँबाट तीन घण्टा हिड्नुपर्छ, वर्षायाममा त बजारसम्म जान नसक्ने अवस्थाले पहिल्यै जोहो गरेर राख्नुपर्ने उनीहरूको भनाइ छ । 

‘छोराछोरीहरूको कापी, कलम सकिँदा कहिलेकाही महिनांैसम्म समस्या पर्छ ।’ स्थानीय कदमवहादुर भन्छन् । 

विद्यालयको अवस्था जस्तोसुकै भएपनि यही पढेका विद्यार्थीहरू देशको उच्च ओहदामा भएको र विकटता जस्तोसुकै भएपनि ज्ञान र शिक्षामा भने सुगमता छरेको स्थानीय बताउँछन् ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - १४:३४:२० बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology