Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बलात्कार आराेपकाे अनुसन्धान गर्न पल शाहलाई गैंडाकोट ल्याइयो

बलात्कार आराेपकाे अनुसन्धान गर्न पल शाहलाई गैंडाकोट ल्याइयो

इच्छाकामना न्युज

२४, फाल्गुण २०७८
बलात्कार आराेपकाे अनुसन्धान गर्न पल शाहलाई गैंडाकोट ल्याइयो
images

चितवन, २४ फागुन । नाबालिग बलात्कारकाे आराेप लागेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको छ ।

images
images

तनहुँ प्रहरीमा बलात्कारकाे जाहेरी दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले बलात्कार गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जाहेरी दर्ता गरेकी थिइन् । 

उक्त मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले जानकारी दिए । आरोपित शाहलाई एक घण्टा अगाडि गैंडाकोट ल्याएको हो । 

बलात्कार मुद्दामा तनहुँ प्रहरीले पनि दोस्रो पटक १२ दिनको म्याद लिएर शाहमाथि अनुसन्धान गरिरहेको छ । बुधबार जिल्ला अदालतबाट हिरासतमा राखि म्याद अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइने डिएसपी गिरीले बताए । 

१६ फागुनमा ती किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी दिएपछि भरतपुर अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गरिएको थियो । बलात्कार मुद्दामा अनुसन्धान गर्न आरोपित शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्राचार गरेको थियो ।

गैंडाकोटमा गीत छायांकनको क्रममा गत वर्ष ७ चैतमा एक रिसोर्टमा राखेर आफूलाई बलात्कार गरेको किशोरीले किटानी जाहेरी दिएकी छिन् । 

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - २२:५०:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology