Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

नेपाली कांग्रेस चितवनको अधिवेशन आजदेखि सुरु, पहिलो दिन उम्मेद्वारी मनोनयन दर्ता

नेपाली कांग्रेस चितवनको अधिवेशन आजदेखि सुरु, पहिलो दिन उम्मेद्वारी मनोनयन दर्ता

images

इच्छाकामना न्युज

१९, फाल्गुण २०७८
नेपाली कांग्रेस चितवनको अधिवेशन आजदेखि सुरु, पहिलो दिन उम्मेद्वारी मनोनयन दर्ता
images

चितवन, १९ फागुन । नेपाल कांग्रेस चितवनको जिल्ला अधिवेशन आज (बिहीबार)देखि सुरु हुँदैछ । नारायणगढस्थित नारायणी कला मन्दिरमा अधिवेशन शुरु हुन लागेको हो ।

दुई दिनसम्म चल्ने अधिवेशनको पहिलो दिन आज निर्वाचन प्रक्रिया सुरु हुनेछ । निर्वाचन तालिका अनुसार बिहीबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिने छ । बिहान ८ देखि दिउँसो १ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको कार्य चल्ने छ । दिउँसो १ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, १ः३० बजेदेखि २ बजेसम्म दावी विरोध, २ः१५ बजे दावी विरोध पश्चात उम्मेदवारहरुको दोस्रो नामावली र २ः१५ देखि ३ः३० बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय दिइएको छ ।

दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन र शुक्रबार बिहान ९ बजेदेखि मतदान प्रक्रिया अघि बढ्ने जिल्ला निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । यसपटक अधिवेशन उद्घाटन सत्र सामान्य रुपमा गर्न लागिएको छ । शुक्रबार बिहान मतदान अघि जिल्लामा उपलब्ध केन्द्रीय सदस्य र जिल्ला सभापति जीतनारायण श्रेष्ठले संयुक्त रुपमा अधिवेशनको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै अपरान्ह ५ बजेसम्म मतदान चल्ने छ । मतदान सकिएलगत्तै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

चितवन कांग्रेसको नयाँ नेतृत्वका लागि पाँच जना चुनावी मैदानमा छन् । बुधबार रातिसम्म सर्वसम्मत उम्मेदवार बन्न सकेको छ्रैन । संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्षबाट सभापतिको उम्मेदवार हालका वाग्मती प्रदेशका उद्योग तथा वाणिज्य मन्त्री मिलनबाबु श्रेष्ठ बन्ने निश्चित भएको छ भने संस्थापन इतरले साझा उम्मेद्वार चयन गर्न सकेको छैन । यसले गर्दा सभापतिको मतदान दोस्रो चरणमा जाने संभावना प्रवल बनेको छ ।

हालसम्म सभापतिका उम्मेदवार बन्ने तयारी गरेका विजय भुषालले उम्मेदवारीबाट पछि हटेका छन् भने अरु उम्मेदवारले आफ्नो अडानमै अडिग छन् । संस्थापनइतर समूहबाट हालका जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, राजेश्वर खनाल र डा.सूर्यकान्त घिमिरे चुनावी मैदानमा उत्रिने तयारीमा छन् ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०७८ बिहिवार - ०८:४८:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology