Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मृग मारेको आरोपमा एक जना पक्राउ

मृग मारेको आरोपमा एक जना पक्राउ

इच्छाकामना न्युज

१७, फाल्गुण २०७८
मृग मारेको आरोपमा एक जना पक्राउ
images

संखुवासभा, १७ फागुन । संखुवासभाको चैनपुर नगरपालिका-७ वालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एक जना पक्राउ परेका छन् ।

images
images

सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर-७ फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठ पक्राउ परेकाे इलाका प्रहरी कार्यालय चैनपुरका  प्रहरी निरीक्षक योजराज खतिवडाले जानकारी दिए । 

 श्रेष्ठलाई चैनपुर-७ वालेश्वर गुफाबाट नजिकैबाट पक्राउ गरिएको हो । अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीको गस्ती टोलीले बोरामा लुकाई राखेको रतुवा मृगसहित श्रेष्ठलाई पक्राउ गरेकाे खतिवडाले बताए ।

रतुवा मृग मारेको आरोपमा पक्राउ परेका श्रेष्ठको साथबाट एक थान भरुवा बन्दुकसमेत फेला परेकाे छ । पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत संखुवासभाबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ । 

 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - ०८:३३:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology