Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

चितवनमा बन्दको प्रभाव : तीन गाडीमा तोडफोड, ६ जना पक्राउ

चितवनमा बन्दको प्रभाव : तीन गाडीमा तोडफोड, ६ जना पक्राउ

images

इच्छाकामना न्युज

१६, फाल्गुण २०७८
चितवनमा बन्दको प्रभाव : तीन गाडीमा तोडफोड, ६ जना पक्राउ
images

चितवन, १६ फागुन । प्रतिनिधि सभाबाट आइतबार अनुमोदन भएको विवादित अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा आह्वान गरिएको नेपाल बन्दको सामान्य प्रभाव परेको छ ।

१२ बुँदे व्याख्यात्मक घोषणा मन्त्रीपरिषद्बाट स्वीकृत गरी एमसीसी सम्झौता संसद्‍बाट बहुमतले अनुमोदन गरेको हो । त्यसको विरुद्धमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित विभिन्न छ दल र दुई मोर्चाले सोमबार नेपाल बन्दको आह्वान गरेका थिए ।

बन्दको अवज्ञा गरेको भन्दै चितवनमा तीन वटा गाडीमा तोडफोड भएको छ । बन्धकर्ताहरूले भरतपुर ओरालोमा ना४ख ४३२५ नम्बरको भुस बोकेको ट्रक, रामपुरमा ना६ख ५५३४ नम्बरको इँटा बोकेको ट्रक र भरतपुर-७ बुद्धचोकमा प्रदेश ३-०१०२३ च ३६८४ नम्बरको भ्यानमाथि ढुंगा हानेर क्षति गरेको प्रहरीले जनाएको छ । सवारी साधनका सिसा फुटेका छन् ।

जबरजस्ती बन्द गराउँदै हिँड्ने छ जना बन्दकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । प्रहरीले लायन्सचोकबाट धुव्र खड्का, मदन केसी, सुरेन्द्र बस्नेत, कुमार विकलगायतलाई पक्राउ गरेको हो । 

पोखरा बसपार्कबाट होम बहादुर खड्का र किसान घलेलाई हातमा ढुंगा बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । गाडी तोडफोड गर्ने बन्दकर्ताको भने पहिचान नभएको उनले बताए ।

बन्दका कारण सोमबार लामो तथा छोटा दुरीका यात्रुबहाक र मालबहाक सवारी साधन छिटपुटबाहेक सञ्चालनमा आउन सकेनन् । पसल, विद्यालय र बैंक तथा वित्तीय संस्थाहरू बन्दको त्रासले खुल्न सकेनन् । 

बन्दकर्ताले नारायणगढ बजारमा प्रदर्शन गरेका थिए । ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ लेखिएको ब्यानरसहित बन्दकर्ताले नारायणगढको पुलचोकदेखि लायन्सचोकसम्म शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । एमसीसी सम्झौता संसद्‍बाट अनुमोदन गर्ने राजनीतिक दलका प्रमुख नेताहरू विरुद्ध बन्दकर्ताले नाराबाजी गरेका थिए ।

images
प्रकाशित मिति :फाल्गुण १६, २०७८ सोमवार - १९:५५:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology