Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुन्तला उत्पादनले २ करोडभन्दा बढी आम्दानी, गाउँको नाम पनि फेरियो 

सुन्तला उत्पादनले २ करोडभन्दा बढी आम्दानी, गाउँको नाम पनि फेरियो 

सिआईएन

८, फाल्गुण २०७८
सुन्तला उत्पादनले २ करोडभन्दा बढी आम्दानी, गाउँको नाम पनि फेरियो 
images

भुवन रायमाझी, पाल्पा, ८ फागुन । विकासका पूर्वाधार नहुँदा पहाडी क्षेत्रका गाउँहरू रित्तिदै गएका छन् । मानिसहरू सुख सुविधाको खोजीमा शहर पस्ने क्रम बढ्दो छ । हावापानी र माटो चिन्ने सके अनि मिहेनत गर्न सके आफ्नै ठाउँलाई समृद्ध बनाउन सकिन्छ । सदरमुकाम तानसेनबाट २७ किलोमिटर पश्चिममा पर्छ, अमलाबास गाउँ । यो गाउँमा ४० परिवार बस्छन् ।

images
images

स्थानीय यमलाल कोइरालाले चार दशक अघि सुरु गरेको सुन्तला खेति अहिले यो गाउँको मूख्य आम्दानीको स्रोत बनेको छ । सुन्तला खेती, गाउँको आम्दानीको स्रोत मात्रै होइन परिचय पनि हो । अम्लबासलाईअहिले सुन्तलाबासको नामले पनि चिन्न थालिएको छ । गाउँका सबैको बारीमा सुन्तला बगान छ । केहीले मौरी पनि पालेका छन् ।

गाउँमा करिव १२ सय रोपनी क्षेत्रफलमा सुन्तला खेती भइरहेको  छ । जहाँबाट प्रत्येक वर्ष ११ हजार क्विन्टल सुन्तला उत्पादन हुन्छ भने सुन्तला विक्री गरेर मात्रै गाउँमा  वार्षिक २ करोडभन्दा बढी रकम भित्रिने गरेको छ । सुन्तला खेती गाउँको समृद्धि र पर्यटन विस्तारको आधार बन्दै गएको छ ।

युवाहरू मेहनेतका कारण गाउँको मुहार फेरिएकोमा बुढा पाका दङ्ग छन् । गाउँमा २ सयभन्दा बढी जनसङ्ख्या छ, युवाहरूले आफ्नै माटोमा पौरख गरेका छन्, सुन्तलाबासबाट रोजगारी खोज्दै विदेश जानेहरू छैनन् । सबैजना व्यवसायीक फलफूल खेतीमा सम्लग्न छन् । कमाइ पनि चित्त बुझ्दो छ । स्थानीयको मेहनेत र पसिनाले फेरिदै गएको गाउँ प्राकृतिक हिसाबले पनि सुन्दर छ । यहाँबाट अन्नपुर्ण, धौलागीरी, माछापुच्छ«ेसहित दर्जन बढी हिमाल नियाल्न पाइन्छ ।

गाउँलाइ कृषिसँगै पर्यटकीय रुपमा विकास गर्न सकिने सम्भावना पनि उत्तिकै रहेको छ । गाउँका नागरिकको सपनासँग सरकारी सहयोग पनि जोडिएको छ । कृषि ज्ञान केन्द्र तथा स्थानीय सरकारले सुन्तला खेती प्रर्वद्धन तथा गुणस्तरीय उत्पादनका लागि मल, बिरुवा, प्राविधिक सहयोग र औषधि उपलब्ध गराउँदै आएको छ ।

मेहनेतको पर्याय यो गाउँमा व्यवस्थित सडक, सिचाइँ र पिउने पानीको पर्याप्तता भने छैन । यी पुर्वाधारमा सुधार आए गाउँलाइ उत्पादन र पर्यटनको हिसाबले अझै अब्बल बनाउन सकिने स्थानीय बताउँछन् । 

images
प्रकाशित मिति :फाल्गुण ८, २०७८ आइतवार - ०९:१७:५४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology