देवराज सुवेदी, सिन्धुपाल्चोक, २४ माघ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ माथिल्लो चिम्लिङमा दुई जनाको हत्या अभियोगमा स्थानीय विजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
माथिल्लो चिम्लिङका ७० वर्षका बासुमाया तामाङ र ५९ वर्षका सन्तवीर तामाङको हत्या अभियोगमा विजयलाई पक्राउ गरिएको सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरिक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।
मृतकहरू सहोदर दिदीभाइ हुन् भने हत्या आरोप लागेका तामाङ मृतक सन्तवीर तामाङको भतिजा हुन् । घटना हुनु अघि उनीहरू सँगै बसेर मादक पदार्थ सेवन गरिरहेका थिए । सोही क्रममा विवाद हुँदा घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।