Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
२०८३, कार्तिक १२ गते
TRENDING
images

चितवनमा नक्कली नोटको कारोवार गर्ने २ जना पक्राउ

चितवनमा नक्कली नोटको कारोवार गर्ने २ जना पक्राउ

images
चितवनमा नक्कली नोटको कारोवार गर्ने २ जना पक्राउ
images

चितवन, ६ माघ । चितवनमा नक्कली नोटकाे कारोवार गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खैरहनी नगरपालिका वडा नं. ३ घर भई हाल भरतपुर महानगरपालिका वडा नं. ०३ मा डेरा गरी बस्ने २५ बर्षीय पबिता घताने र राप्ती नगरपालिका वडा नं. ०७ बस्ने २७ बर्षीय गगन लाल तामाङ रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका वडा नं. ०३ बेलचोकमा रहेको फेन्सी पसलमा कपडा खरिद गर्न आएकी पबिता घतानीले कपडा खरिद गरेपछी दिएको नोट नक्कली भएको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

घतानीको साथबाट दश हजार रूपैयाँ नक्कली नोट बरामद गरेकाे हाे । उक्त घटनामा संलग्न रहेका गगन बहादुर तामाङलाई समेत सोही दिन प्रहरीले नियन्त्रणमा लिएको थियो । तामाङकाे साथबाट MI कम्पनिको मोबाईल १ थान, HP कम्पनिको ल्यापटप १ थान र सौर्य दैनिककाे प्रेस कार्डसमेत बरामद गरेकाे थियाे ।

पक्राउ परेका घताने र तामाङलाइ मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसूर (खोटा मुद्रा) मुद्दामा जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको चितवन प्रहरीले जनाएकाे छ ।

 

 

images
प्रकाशित मिति :माघ ६, २०७८ बिहिवार - २०:१३:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology