Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

नेकपा एमाले तनहुँ महाधिवेशन : सहमति नभए पछि उपाध्यक्ष, सचिव र सदस्यमा रातभर मतदान

नेकपा एमाले तनहुँ महाधिवेशन : सहमति नभए पछि उपाध्यक्ष, सचिव र सदस्यमा रातभर मतदान

images

इच्छाकामना न्युज

२५, पौष २०७८
नेकपा एमाले तनहुँ महाधिवेशन : सहमति नभए पछि उपाध्यक्ष, सचिव र सदस्यमा रातभर मतदान
images

तनहुँ, २५ पुस । नेकपा एमाले तनहुँकाे नवाैं जिल्ला अधिवेशन अन्तर्गत जिल्ला अध्यक्ष र सहसचिव लगायतका केही पदमा सर्वसम्मत भए पनि सबै पदमा सर्वसम्मत हुन नसक्दा रातभर मतदान चल्ने भएको छ ।

अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ , सहसचिवमा प्रदिप राज अधिकारी र खिमबहादुर कुमाल लगायतका केही सदस्यहरू यस अगाडि नै सर्वसम्मत भैसकेका छन् ।

अहिले उपाध्यक्ष पदका लागि हरिराज कँडेल, माेहनकुमार विक र मेखबहादुर थापाबीचकाे प्रतिस्पर्धामा मतदान भैरहेको छ । यस्तै, सचिव पदका लागि राजेश्वर ढकाल र विष्णुभक्त सिग्देलकाबीचमा मतदान भैरहेको छ ।


खुल्ला तर्फ कुल १७ जना चाहिनेमा २७ जनाको उमेदवारी परेपछि अधिवेशन निर्वाचन प्रकृया तर्फ गएकाे हाे । मतदानस्थल दमौली पार्टी प्यालेसमा अहिले मतदान चलिरहेको छ । करिब ७ सय प्रतिनिधिले मतदान गरे पछि मात्र मतदान सकिने नेता कविराज श्रेष्ठले जानकारी दिए ।

 

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - २१:४२:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology