Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी गाउँपालिकाको कार्यपालिका बैठक पहिलो पटक छिम्कालेकमा सम्पन्न 

आँबुखैरेनी गाउँपालिकाको कार्यपालिका बैठक पहिलो पटक छिम्कालेकमा सम्पन्न 

छिम्केश्वरी मन्दिर निर्माणका लागि थप १५ लाख बजेट विनियोजन

चित्र बहादुर गुरुङ

५, मंसिर २०७७
आँबुखैरेनी गाउँपालिकाको कार्यपालिका बैठक पहिलो पटक छिम्कालेकमा सम्पन्न 
images

छिम्केश्वरी, ५ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्यपालिका बैठक पहिलो पटक छिम्कालेकको लाब्दीमा सम्पन्न भएको छ। गाउँपालिकाको कार्यपालिका बैठक पहिलो पटक आँबुखैरेनी गाउँपालिका ५ स्थित छिम्कालेकको लाब्दि गाउँमा आज सम्पन्न भएको हो। 
उक्त बैठकले निर्माणधिन छिम्केश्वरी माईको मन्दिर निर्माणका लागि थप १५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा मन्दिर निर्माणका लागि १५ लाख रुपैयाँ बिनियोजन गरेकोमा थप १५ लाख रुपैयाँ विनियोजन गरि यहि आर्थिक वर्ष भित्रमा छिम्केश्वरी मन्दिर निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरलले जानकारी दिनुभयो। 

images
images

IMG_4242.png
कार्यपालिका बैठकबारे जानकारी दिदै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस वर्ष गाउँपालिकामा सूचिकृत ५४१ जना बेरोजगारहरुलाई रोजगार उपलब्ध गराउन न्युनतम १० लाख देखि १८ लाखसम्मका विभिन्न योजनाहरु छनौट गरिएको पनि उहाँले बताउनुभयो।
‘‘जस अनुसार यस वर्ष गाउँपालिकाले सूचिकृत सम्पूर्ण बेरोजगारहरुलाई न्युनतम रोजगारमा सहभागी गराई दैनिक ५१७ का दरले ७५ लाख ७१ हजार रुपैयाँ भुक्तानी दिनेछौ’’ –उहाँले भन्नुभयो।

IMG_4248.jpg
यस्तै बैठकले गाउँपालिकाको नयाँ बनिरहेको प्रशासकिय भवन आसपास रहेका अव्यवस्थित बसाईका घरहरुलाई केहि क्षतिपुर्ती सहित व्यवस्थापन गर्ने भएको छ भने सुरक्षित आवास कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र खरको छाना भएका १ सय ९२ घरधुरीलाई जस्तापाता सहितको नयाँ आवास निर्माण गरिदिने भएको छ। 

IMG_4250.jpg
यसैबिच कार्यपालिका बैठकलाई सम्बोन्धन गर्दै जिल्लाकै सबैभन्दा अग्लो र धार्मिक पर्यटनको सम्भावना बोकेको छिम्केश्वरी माईको प्रवद्र्धनमा सघाउ पु¥याउने हेतुले पहिलो पटक छिम्कालेकको लाब्दिमा बैठक आयोजना गरिएको गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले बताउनुभयो। ‘पर्यटनको प्रचुर सम्भावना रहेर पनि ओझेलमा रहेकोले कम्तीमा कार्यपालिका बैठक यहाँ राखेर यो ठाउँको प्रचार प्रसारमा सघाउ पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौ’ –उहाँले भन्नुभयो। साथै छिम्कालेक र छिम्केश्वरीको प्रचार प्रसारमा सञ्चारमाध्यम र पत्रकारहरुले भुमिका महत्वपूर्ण हुने हुदा सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो।

IMG_4256.jpg
समुद्री सतह देखि करिब २ हजार १ सय ३४ मिटर उचाईमा रहेको छिम्कालेक तनहुँ जिल्ला कै अग्लो डाडाँ मात्र नभै महाभारतीय पर्वतीय श्रृङ्खलाको पनि सबैभन्दा अग्लो पहाड हो। यहि डाडाँ छिम्केश्वरी माईको मन्दिर रहेको छ। यहाँबाट वरपर हिमालका साथै  रमणीय डाडाँकाडाका दृश्यहरु देख्न सकिन्छ। यसका साथै मनकामनाका माई कि दिदिको रुपमा पुज्दै आएको छिम्केश्वरी माई रहेको छिम्कालेक डाडाँबाट इच्छाकामना, बुढिकोटी माई, अकला माई, गोरखकाली माई, अन्नपूर्ण माई लगायतका स्थलहरु पनि देख्न सकिन्छ।

IMG_4184.jpg
यसैले पनि यो स्थललाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकाश गर्दै लैजानका लागि गाउँपालिका लागि परिरहेको गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले बताउनुभयो। छिम्केश्वरी पुग्न पछिल्लो समय आँबुखैरेनी, पावरहाउस, घुमाउने लगायतका स्थानहरुबाट समेत मोटरबाटोको ट्रयाक खोल्ने काम भएको उहाँले बताउनुभयो। ‘अहिले आँबुखैरेनीबाट छिम्केश्वरी आउने मोटरबाटो समेत कालोपत्रे गर्नका लागि धमाधम काम भैरहेको छ’ –उहाँले भन्नुभयो। 

IMG_4281.jpg

images
प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - १८:४५:०६ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology