Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

चितवनको चुम्लिङ्गटारमा निर्माणधिन रिभर फन जिपलाईनको टेष्ट फ्लाईङ सफल

चितवनको चुम्लिङ्गटारमा निर्माणधिन रिभर फन जिपलाईनको टेष्ट फ्लाईङ सफल

चितवनको चुम्लिङ्गटारमा निर्माणधिन रिभर फन जिपलाईनको टेष्ट फ्लाईङ सफल

कुरिनटार, ९ पुस । गोरखाको गण्डकी गाउँपालिका १ बुट्टारमा अवस्थित रिभर फन बिच रिसोर्टले निर्माण गर्दै आएको रिभर फन जिपलाइनको टेस्ट फ्लाइङ गरिएको छ । 

images

निर्माण कार्य ९५ ५ सकिएको उक्त जिपलाइनको सफलतापुर्वक टेस्ट फ्लाइङ गरिएको रिभर फनबिच रिर्सोटका प्रबन्धक शंकर अधिकारीले जानकारी दिनुभयो । आउँदो माघ १ गते माघेसन्क्रान्तीको दिन उद्घाटन गर्ने लक्ष्यका साथ काम तिब्र गतिमा भइरहेको उहाँले बताउनुभयो । २ वटा रोपमा एकै पटकमा दुई जनाले करिब ४० सेकेन्डमा दुरी तय गर्न सकिने उहाँले बताउनुभयो । यसका साथै स्काई रोप साइक्लिङ,र रिसोर्ट परिसर भित्रै निर्माण भइरहेको एड्भेन्चर किड्स पार्कको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । 

करिब २ करोडको लागतमा निर्माण भइरहेको हाइवेको छेउमै रहेको यस प्रकारको साहसिक खेलले आन्तरिक तथा बाह्य पर्यटकलाई सजिलैसंग आकर्षित पार्न सकिने उहाँको बिश्वास रहेको छ । नदी माथीबाट जिप लाइनमा यात्रा गर्न सकिने यो नै नेपालको सम्भवत पहिलो जिप लाइन भएको उहाँको दाबी रहेको छ  ।

यस संगै कम्पनिले रिसोर्टको क्षमता पनि बिस्तार गरेको छ । २० वटा एसि डिलक्स रुम सञ्चालन गर्दै आएको रिसोर्टले १० वटा एसि डिलक्स रुम थप गरि ३० पु¥याइएको छ । ५ वटा ग्रुप रूम जसमा एउटा रूममा ८ जना बस्न मिल्ने छ ।

रिर्सोटमा एक रातमा ३५० जना सम्म पाहुना राख्न सकिने र १५० जना क्षमताको सेमिनार हल पनि रहेको छ । सुरुवाती चरण देखि नै ¥याफ्टिङ सञ्चालन गर्दै आएको रिसोर्टले विभिन्न समयमा लाइभ कन्सर्ट लगायत अन्य मनोरञ्जनात्मक कार्यहरु पनि गर्दै आएको छ ।

images
प्रकाशित मिति :पौष ९, २०७८ शुक्रवार - २३:५३:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology