Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मनकामना माईको मन्दिरमा दर्शनार्थीहरुको घुइँचो बढ्दै, व्यवसायीहरु खुशी

मनकामना माईको मन्दिरमा दर्शनार्थीहरुको घुइँचो बढ्दै, व्यवसायीहरु खुशी

इच्छाकामना न्युज

२६, मंसिर २०७८
मनकामना माईको मन्दिरमा दर्शनार्थीहरुको घुइँचो बढ्दै, व्यवसायीहरु खुशी
images

मनकामना, २६ मंसिर । गोरखाको सहिद लखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा शनिबार र आइतबार दर्शनार्थीहरुको भीड लागेको छ ।

images
images

लकडाउनपछि शनिबार सबै भन्दा धेरै दश हजार भन्दा बढी दर्शनार्थीहरु मनकामना मन्दिर पुगेका थिए ।शनिबार केबलकारबाट मात्र ९ हजार ४३० जना दर्शनार्थीहरु मन्दिर पुगेको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले बताउनुभयो ।

उहाँका अनुसार लकडाउनपछि  एकैदिन ९ हजार बढीले केबलकार चढेको पहिलो पटक हो । शनिबार राती १२ बजे सम्म केबलकार सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

No description available.

यसैबिच शुक्रबार पनि ६ हजार ५ सय जना केबलकार चढेर मनकामना मन्दिर पुगेको उहाँले बताउनुभयो । केबलकार बाहेक मोटरबाटो र पैदल मार्ग मार्फत पनि दर्शनार्थीहरु मनकामना मन्दिर पुग्ने गर्छन् ।

मनकामना मन्दिरमा दर्शनार्थीहरु आउने क्रम बढेपछि कोरोनाको महामारीसगैँ लकडाउन हुदाँ मारमा परेका स्थानीय व्यवसायीहरु खुशी भएका छन्

images
प्रकाशित मिति :मंसिर २६, २०७८ आइतवार - २३:०५:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology