Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको विमलनगरमा पुस ७ देखि रक क्लाइम्बिङ महोत्सव हुने

तनहुँको विमलनगरमा पुस ७ देखि रक क्लाइम्बिङ महोत्सव हुने

इच्छाकामना न्युज

२६, मंसिर २०७८
तनहुँको विमलनगरमा पुस ७ देखि रक क्लाइम्बिङ महोत्सव हुने
images

तनहुँ, २६ मंसिर । तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत पर्ने विमलनगरमा रक क्लाइम्बिङ अर्थात् चट्टान आरोहण महोत्सव हुने भएको छ।

images
images

गण्डकी अल्पाइन क्लबले यहिँ पुस ७ देखि १२ गतेसम्म विमलनगरस्थित चुन पहरामा रक क्लाइम्बिङ महोत्सव आयोजनामा गर्न लागेको हो।

मुग्लिन पोखरा सडकखण्डको बाटो बिस्तारको क्रममा यो चुन पहरा समेत भत्किने भएकोले यस्तो उपयुक्त ठाउँलाई नभत्काइयोस् भनेर जागरण ल्याउनका लागि र त्यस क्षेत्रको वातावरण जोगाउनु पर्छ भन्ने सचेतना फैलाउने उद्देश्यले ‘साहसिक पर्यटनको प्रवर्द्धन गरौं– विमलनगर चुन पहरा जोगाउ’ भन्ने नाराका साथ यस महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्।

महोत्सवमा रक क्लाइम्बिङको प्रतिस्पर्धा गराइने भएको छ । जसमा पुरुष र महिला दुई समूहमा विभाजन गरेर खेलाइने छ । यसमा पुरुष र महिलातर्फ प्रथम हुनेले जनही ५० हजार ५ सय रुपैयाँसहित पुरस्कार रहेको आयोजकले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २६, २०७८ आइतवार - २१:४४:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology