Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति : विश्व बैंक

वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति : विश्व बैंक

इच्छाकामना न्युज

२०, मंसिर २०७८
वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति : विश्व बैंक
images

काठमाडौं, २० मंसिर । नेपालले वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेको विश्व बैंकले गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । बैंकले सोमबार काठमाडौंमा सार्वजनिक गरेको सार्वजनिक खर्चको समीक्षा (पब्लिक एक्सपेन्डिचर रिभ्यू अन  फिस्कल पोलिसी फर सस्टेनेबल डेभलपमेन्ट ) प्रतिवेदनले वित्तीय स्थिरताका लागि अझै प्रयासको जरुरी समेत औँल्याएको छ । 

images
images

मुलुक संघीयतामा गएपछि खर्चको दायित्व पनि प्रदेश तथा स्थानीय सरकारहरूमा  हस्तान्तरण भएको छ । अन्तर सरकारी हस्तान्तरण र राजस्व बाँडफाँटको माध्यमबाट यस्तो लगानी हस्तान्तरण भएको छ । वार्षिक बजेटको करिब ३० प्रतिशत (कुल गार्हस्थ उत्पादनको ८–९ प्रतिशत) लगानी हस्तान्तरण भइरहेको छ । 

संघीयताका कारण नीति निर्माणको प्रक्रियालाई जनताको नजिक ल्याए पनि वित्तीय खर्च बढेको छ । यसैगरी कोभिड—१९ को महामारीका कारणले खर्च बढ्दा देशको वित्तीय घाटा र सार्वजनिक ऋणको मात्रा बढेको प्रतिवेदनमा उल्लेख छ । 

‘संघीयतालाई बलियो बनाउन हामीले गरेका प्रयास र हरित, पुनरूत्थाशिल र समावेशी विकासका लागि हाम्रो पहलहरूका लागि यो रिपोर्टले विश्लेषणात्मक आधार प्रदान गरेको छ’ अर्थसचिव  मधुकुमार मरासिनीले भने, ‘अब वित्तीय हस्तान्तरण प्रणालीलाई  सुधार गर्दै नियमन र प्रतिवेदन प्रणालीलाई स्थापित गरी स्थानीय सेवालाई थप परिणाममुखी र उत्तरदायी बनाउने हाम्रो प्रयासलाई यस प्रतिवेदनले थप बल दिनेछ ।’ 

प्रतिवेदनले वित्तीय दीगोपनालाई बलियो बनाएर हरित, पुनरूत्थानशिल तथा समावेशी विकास तर्फको यात्राका लागि अन्तर सरकारी अनुदान प्रणालीमा सुधार, निर्यात र रोजगारी सिर्जनामा सहयोग, आन्तरिक राजस्वलाई बलियो बनाउन,  राष्ट्रिय परियोजना बैंकलाई कार्यान्वयन गर्दै सार्वजनिक पुँजीगत खर्च बढाउन र  हरित वृद्धिका लागि वित्तीय उत्प्रेरणा दिन समेत सुझाएको छ । 

प्रतिवेदनले देखाएका वित्तीय दिगोपना तथा वित्तीय संघीयता कार्यान्वयन जस्ता विषयमा सुधार गर्नका लागि सरकारलाई थप सहयोग गर्न विश्व बैंक तयार रहेको बैंकका नेपाल, श्रीलंका र माल्दिभ्सका लागि राष्ट्रिय निर्देशक फारिस् हदाद जार्भोसले बताए । 

प्रतिवेदनले हरित वृद्धिको लागि लगानी प्रक्रिया र वित्तीय नीतिहरूको सुदृढीकरण, स्वास्थ्य र अर्थतन्त्रको रक्षा गर्नका लागि वायु प्रदूषणको लक्ष्य पूरा गर्न तथा हरित ऊर्जाको प्रयोग बढाउनका लागि गर्नुपर्ने वित्तीय सुधारतर्फ ध्यान दिन पनि सुझाव दिएको छ । 

images
प्रकाशित मिति :मंसिर २०, २०७८ सोमवार - १९:४६:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology