Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पर्यटकीय क्षेत्रको प्रचार गर्न इलाममा अन्तर्देशीय पर्यटनमैत्री साहित्य सम्मेलन हुने

पर्यटकीय क्षेत्रको प्रचार गर्न इलाममा अन्तर्देशीय पर्यटनमैत्री साहित्य सम्मेलन हुने

इच्छाकामना न्युज

१६, मंसिर २०७८
पर्यटकीय क्षेत्रको प्रचार गर्न इलाममा अन्तर्देशीय पर्यटनमैत्री साहित्य सम्मेलन हुने
images

इलाम, १६ मंसिर । साहित्यको माध्यमद्वारा देश विदेशमा इलामको पर्यटकीय क्षेत्रको प्रचार प्रसारको लागि ‘अन्तर्देशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलन २०७८’ हुने भएको छ । साहित्यिक पत्रकार संघ काठमाडौं, इलाम नगरपालिका साहित्य कला प्रतिष्ठान र नगर पर्यटन प्रवर्द्धन समितिको आयोजनामा दुई दिने अन्तर्देशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलनको आयोजना गरिएको हो । 

images
images

मंसिर १८ र १९ गतेका लागि हुने कार्यक्रम अन्तर्गत पहिलो दिन उद्घाटन समारोह, इलामको पर्यटकीय स्थल साहित्य सिर्जना शीर्षकमा कार्यपत्र प्रस्तुति, टिप्पणी र त्यसमा छलफल हुनेछ । सोही दिन कविता वाचन र स्व. नारायण गोपालको स्मृतिमा उनका गीत प्रस्तुत हुनेछन् । 

दोस्रो दिन भने सम्मेलनमा सहभागी साहित्यकारलाई इलाम नगरपालिका क्षेत्रको भ्रमण गराइने छ । भ्रमणपछि उनीहरूसँग छलफल गरेर कार्यक्रम समापन हुनेछ । कार्यक्रमले इलाम नगरपालिका क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारमा सहयोग पुग्ने नगर पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष प्रकाश अधिकारीले बताए । 

‘साहित्यको माध्यमबाट पनि इलामको पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भनेर कार्यक्रमको आयोजना गरिएको हो’, अध्यक्ष अधिकारीले भने,‘यो कार्यक्रमको माध्यमबाट इलामको पर्यटकीय क्षेत्रमा पुग्ने अवसर नपाएका नेपाल र छिमेकी मुलुकका साहित्यकारको लागि अवसर हुनेछ ।’ साहित्य सम्मेलनमा सहभागी साहित्यकारको सिर्जनाले इलामलाई धेरै ठाउँमा चिनाउने आयोजकको अपेक्षा छ । 

कार्यक्रममा नेपालका विभिन्न ठाउँ सहित छिमेकी मुलुक भारतको दार्जिलिङ, सिक्किम, शिलिगुढीका साहित्यकारहरू सहभागी हुने इलाम नगरपालिका साहित्य कला संगीत प्रतिष्ठानका सचिव दिवाकर भणडारीले जानकारी दिए ।

images
प्रकाशित मिति :मंसिर १६, २०७८ बिहिवार - २१:२७:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology