आँबुखैरेनी, ५ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आँबुखैरेनी गाउँपालिका ५ नं. वडाको अध्यक्षमा सन्तोष गुरुङ निर्वाचित भएको छ। शनिबार सम्पन्न भएको वडा अधिवेशनबाट गुरुङ अध्यक्षमा निर्वाचि भएको हो।
यसैगरी वडाकमिटिको उपाध्यक्षमा नेमराज गुरुङ, सचिवमा बिनय गुरुङ, सह–सचिवमा खड्क बहादुर गुरुङ र मङ्गल चेपाङ, कोषाध्यक्षमा सुक माया चेपाङ लगायत २९ सदस्यीय वडा कमिटि गठन भएको छ।