Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

मुग्लिन पुलजीप–घुमाउने मोटरमार्ग वैकल्पिक मार्गको रुपमा विकाश गर्न हाम्रो प्राथमिकतामा छः कांग्रेस नेता शंकर भण्डारी

मुग्लिन पुलजीप–घुमाउने मोटरमार्ग वैकल्पिक मार्गको रुपमा विकाश गर्न हाम्रो प्राथमिकतामा छः कांग्रेस नेता शंकर भण्डारी

इच्छाकामना न्युज

१७, कार्तिक २०७८
मुग्लिन पुलजीप–घुमाउने मोटरमार्ग वैकल्पिक मार्गको रुपमा विकाश गर्न हाम्रो प्राथमिकतामा छः कांग्रेस नेता शंकर भण्डारी

आँबुखैरेनी, १७ कार्तिक । मुग्लिन–नारायणगढ सडकको विकल्पको रुपमा मुग्लिन पुलजीप–घुमाउने मोटरमार्गलाई प्राथमिकताका साथ विकाश गर्न नेपाली कांग्रेसको सरकार लागिपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले बताएको छ। मंगलबार नेपाली कांग्रेस आँबुखैरेनीले आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो।

images

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा निर्वाचित भएको ४ वर्षसम्ममा कम्युनिष्टको सरकारले कुनै पनि कार्यक्रम नल्याएको बोरु कांग्रेसले ल्याएको कार्यक्रमहरुलाई अलपत्र पार्ने काम गरेको भन्दै कम्युनिष्टहरुले सरकार सञ्चालन गर्ने अवसर पाएपनि असफल भएको हुँदा कांग्रेसको विकल्प नभएको भण्डारीले बताए।

यस्तै उनले विगतमा पार्टीको साख जोगाउन नसक्दा देशव्यापी रुपमा कांग्रेसले ठूलो क्षति बेर्होनु परेको बताए। पार्टीमा काम गर्छु भन्ने व्यक्तिहरुका लागि थुप्रै अवसर रहेको हुँदा एउटै पदमा प्रतिस्पर्धा नगर्न समेत नेता भण्डारीले कार्यकर्तासँग आग्रह गरे। निकट भविष्यमा तीन तहको निर्वाचन भएको हुँदा पार्टी एक ढिक्का बनाई राख्न सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा समेत उनले बताए।

नेपाली कांग्रेस आँबुखैरेनी गाउँ कार्य समितिका सभापति विष्णु पन्थको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सचिव विश्व वास्तोला ,महासमिति सदस्य रामचन्द्र अधिकारी ,प्रवक्ता महेश्वर भट्राई , नेपाली कांग्रेस जिल्ला सदस्य चिजा श्रेष्ठ नेपाली कांग्रेस वन्दिपुर गाउँ कार्य समितिका सभापति कर्ण खत्री , गाउँ कार्य समितिका उपसभापति विजय गुरुङ र आँबुखैरेनीका कांग्रेस नेता प्रितम गुरुङ लगायतले बोलेका थिए ।

images
प्रकाशित मिति :कार्तिक १७, २०७८ बुधवार - ०८:११:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology