Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

भरतपुरको देवघाटमा जारि कैलाश कप सेभेन ए साइड फुटबलको क्वाटर फाइनलमा चण्डीभञ्ज्या एफसी र राइजिङ स्टार एफसी प्रवेश

भरतपुरको देवघाटमा जारि कैलाश कप सेभेन ए साइड फुटबलको क्वाटर फाइनलमा चण्डीभञ्ज्या एफसी र राइजिङ स्टार एफसी प्रवेश

images

इच्छाकामना न्युज

१४, कार्तिक २०७८
भरतपुरको देवघाटमा जारि कैलाश कप सेभेन ए साइड फुटबलको क्वाटर फाइनलमा चण्डीभञ्ज्या एफसी र राइजिङ स्टार एफसी प्रवेश
images

भरतपुर, १४ कार्तिक । चण्डीभन्ज्याङ एफसी र राइजिङ स्टार एफसी देवघाट भरतपुरमा जारी कैलाश कप सेभेन ए साइड फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेका छन् । चण्डीभन्ज्याङ सर्वश्रेष्ठ नारायणी एफसीलाई तथा राइजिङ स्टार दासढुङ्गा एफसीलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । आइतबार भएको पहिलो प्री क्वाटरफाइनल खेलमा चण्डीभन्ज्याङले सर्वश्रेष्ठ नारायणीलाई २–१ पराजित गर्‍यो ।

चण्डीभन्ज्याङको जितमा राज भुसाल र सुरज गुरुङले गोल गरे । सर्वश्रेष्ठका हार्दिक गुरुङले एक गोल फर्काए पनि हार टार्न भने सकेनन् । आजै सम्पन्न दोस्रो प्री क्वाटरफाइनल खेलमा राइजिङ स्टारले दासढुङ्गालाई टाई ब्रेकरमा ३–२ ले पराजित गर्‍यो । निर्धारित समयमा एक–एक गोल भएपछि खेल टाई ब्रेकरमा धकेलिएको हो । यस अघि आजै समूह चरणका अन्तिम तीन खेल पनि भएको थियो ।

पहिलो खेलमा एफसीएन नौरङ्गेले एएफसी पिपलटारलाई १–० ले पराजित गर्‍यो । नौरङ्गेको जितमा विप्लव गुरुङले निर्णायक गोल गरे । यस्तै दोस्रो खेलमा बागेश्वरी एफसीले गङ्गोत्री एफसीलाई १–० ले पाखा लगायो । बागेश्वरीको जितमा कुशन गुरुङले गोल गरे । समूह चरणको अन्तिम खेलमा क्षेत्रपुर फुटसल एरिनाले भरतपुर ९ एफसीलाई १–० ले हरायो । क्षेत्रपुरलाई जिताउन प्रविण लिम्बुले गोल गरे ।

यि तिनै टोली प्री क्वाटरफाइनल प्रवेश गरेका छन् । ३२ टोली सहभागी प्रतियोगिताको फाइनल खेल १७ गते हुनेछ । प्रतियोगिताको बिजेताले नगद ४२ हजारसहित ट्रफी प्राप्त गर्नेछ । उपबिजेताले २२ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको खेल संयोजक सबिन अधिकारीले जानकारी दिए । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

images
प्रकाशित मिति :कार्तिक १४, २०७८ आइतवार - २१:३४:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology