Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मुग्लिन–आँबुखैरेनी–पोखरा सडकको पूर्वी खण्डमा ४ लेन सडक विस्तारको काम सुरु

मुग्लिन–आँबुखैरेनी–पोखरा सडकको पूर्वी खण्डमा ४ लेन सडक विस्तारको काम सुरु

images

इच्छाकामना न्युज

५, कार्तिक २०७८
मुग्लिन–आँबुखैरेनी–पोखरा सडकको पूर्वी खण्डमा ४ लेन सडक विस्तारको काम सुरु
images

दुलेगौडा, ५ कार्तिक । गण्डकी प्रदेशको लाइफलाइन पृथ्वी राजमार्गको मुग्लिन पोखरा खण्ड चार लेनको बन्दैछ । २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बन्न लागेको हो ।

८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाईएको छ । आँबुखैरेनी-जामुने पूर्वी खण्डको ४१.४५ किलोमिट सडक स्तरोन्नतीको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । जामुने-पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको हो ।

हाल आँबुखैरेनी-जामुने पूर्वी खण्डको काम सुरु भएको छ । जामुने-पोखरा पश्चिम खण्डमा भने काम सुरु हने चरणमा छ । निर्माण कम्पनी फिल्डमा आएर काम थालेको मुग्लिन पोखरा सडक योजना (आँबुखैरेनी-जामुने) पुर्वी खण्डका योजना प्रमुख नरेन्द्र सुवेदीले बताए । सर्भे डिजाईन सकाएर फाईनल गर्ने चरणमा रहेको उनले बताए । ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा यो खण्डको ठेक्का सम्झौता भएको हो ।

मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने-पोखरा) खण्डको ठेक्का पाएको यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीका प्रतिनिधी भने कोरोनाको कारण भदौ दोस्रो साता मात्रै नेपाल आईपुगे । १३ भदौमा यनहइका प्रतिनिधिले निर्माण प्रतिबद्धता जनाएको योजना प्रमुख प्रेमप्रकाश खत्रीले जानकारी दिए ।

भदौ २७ गते निर्माण कम्पनीलाई कार्यक्षेत्र हस्तान्तरण गरेको उनले बताए । कार्यक्षेत्र हस्तानतरण भएपनि मर्मत सम्भारको कामका लागि भने सडक डिभिजन कार्यालयलाई अनुरोध गरेको खत्रीले बताए । निर्माण कम्पनीका प्रतिनिधी आएपनि कामदार भने आईनपुगेको उनको भनाई छ ।

'कामदार ल्याउनलाई भिषा प्रकृयामा छन् । नेपाल आएका प्रतिनिधीले अस्थायी कार्यालय खडा गरेका छन् । कार्यालय बनाउनलाई डिजाईन गर्ने, निर्माणस्थलको निरक्षण, बिमा र पेश्की लिनका लागी कागजात तयार पार्ने काम प्रतिनिधीले गरिरहेका छन', खत्रीले भने । यो प्याकेजको सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लगाईएको हो ।

सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ बनाउनुपर्ने हुन्छ । आँबुखैरेनीदेखी पोखरासम्मको ८० किलोमिटर दुरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने मुग्लिन पोखरा सडक योजना पश्चिम (जामने-पोखरा) खण्डका योजना प्रमुख अधिकारीले जानकारी दिए । ३१ मध्ये दमौलीस्थित मादी नदी र पोखरास्थिती सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको उनले बताए । अरु २९ पुल दुई प्याकेजमा लगाईएको ठेक्का अन्तर्गत नै निर्माण हुने उनले जनाए । २९ मध्ये पनि सात पुल ठुला हुनेछन् ।

सडक चार लेन बनाउँदा दायावायाका आठ हजार रुख काटिनेछन् । तनहुँ खण्डमा ६ हजार ७ सय ५० रुख काटिनेछ । यो खण्डमा रुख काट्नलाई वन विभागले स्वीकृति दिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए ।
काफ्लेका अनुसार योजनाले रुख काटेर वन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । कास्की खण्डमा एक हजार दुई सय पचास रुख कटानका लागी विभागबाट स्विकृत लिने प्रकृयामा रहेको जनाईएको छ । ८० किलोमिटर मध्य हालसम्म तनहुँको गुणादी क्षेत्रको आठ किलोमिटर दुरीमा सडक आसपासको बिजुलीको पोल सार्ने काम सकिएको छ ।

आँबुखैरेनीदेखि मुग्लिन खण्डको आठ किलोमिटर दुरीको भने डिजाईन हुँदैछ । यो खण्डमा हाल पृथ्वीराजमार्गको भएको स्थानमा मस्याङ्दी जलविद्युत गृह रहेको छ । जलविधुत गृह र सडक फराकिलो बनाउन सकस हने भएपछि सडकको रेखांकन नै परिवर्तन गर्नुपरेको छ ।

चालु आर्थिक बर्षमा संघीय सरकारले मुग्लिन पोखरा चार लेन सडक योजनाका लागी चार अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक बर्षमा दुई अर्ब नौ करोड ५४ लाख ४ हजार रुपैयाँ विनियोजन भएको थियो । चालु तर्फ विनियोजन भएको ४२ लाख ७ हजार रुपैयाँ मध्ये १८ लाख २६ हजार ६ सय ८५ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जानकारी दिएको छ । कार्यालयका अनुसार पुँजीगततर्फ दुई अर्ब नौ करोड ११ लाख ९७ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ३६ करोड ७५ लाख ६९ हजार ८ सय ७३ रुपैयाँ मात्र खर्च गर्न सफल भएको छ । खबरपुञ्जबाट

images
प्रकाशित मिति :कार्तिक ५, २०७८ शुक्रवार - १०:१५:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology