मुग्लिन, २० असोज । सिटीजन्स लाइफ इन्सुरेन्स नारायणगढ शाखाले पाँच लाख बरावरको मृत्यु दाबी भुक्तानी गरेको छ ।
मंगलवार शाखाले चितवनको मंगलबार मुग्लिनमा आयोजित एक कार्यक्रमका वीच पाँच लाख बीमाङ्क रकम र ५० हजार क्रियाखर्च वापतको एकमुष्ट ५ लाख ५० हजार रुपैया बरावरको चेक हस्तान्तरण गरेको हो ।
स्याङ्जा घर भई हाल मुग्लिन चितवनमा बस्ने कुलमान सिँह थापा र रेश्मी राना थापाको चार वर्षीय छोरीको वीमा वापतको उक्त रकम हस्तान्तरण गरिएको हो ।
सिटीजन बाल भविष्य जीवन बीमा योजना अन्तर्गत छोरीको वीमा गरिएको थियो । आमा प्रस्तावक रहेको उक्त वीमा योजनामा प्रस्तावक आमा रेश्मीको निधनभएपछि वीमा लेखकको शर्त बमोजिम वीमीतलाई उक्त दावी रकम भुक्तानी गरिएको नारायणगढ शाखाका प्रमुख गोकर्ण वहादुर कार्कीले जानकारी दिए । उनले भने,“यो योजना अनुसार प्रस्तावको मृत्यु भएमा पनि वीमा दावी भुक्तानी हुने सुविधा रहेको छ ।”
उक्त वीमा योजनामा वीमीतले पहिलो किस्ता मात्रै प्रिमियर भुक्तानी गरेका थिए । त्यस्तै सोही योजनामा रहेको अर्को सुविधा प्रस्तावको मृत्युभएपछि विमाङ्क रकमको १ प्रतिशत हुन आउने रकम प्रत्येक महिना रु. ५ हजारको दरले पनि बच्चाको भविष्यका लागि उपलब्ध गराइने कार्कीले बताए । साथै बीमा लेखकको शर्त अनुसार आगामी दिनहरुमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण बीमा शुल्क पनि मिनाहा गरिएको छ । वीमाको पुरै अवधि सकिएपछि वीमाङ्कको पाँच लाख र त्यस वापत आउने वोनस रकम समेत पछि वीमीतलाई हस्तान्तरण गरिने छ ।
प्रमुख अतिथि त्रिवेणी वराह माध्यामिक विद्यालयका प्राचार्य युवराज लामा रहेको उक्त कार्यक्रममा समाजसेवी रामप्रसाद वोहोरा, भक्त गुरुङ, रवि थापा मगर, विकास चेपाङ, विश्वप्रकाश नेपाल लगायतको उपस्थितीमा सो चेक हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले वीमा सवैका लागि अपरिहार्य भएको बताए । सानो रकम तिर्दा भविष्यमा ठूलै रकम उपलब्ध हुने र यसले भविष्यमा हुन आउने आर्थिक सङ्कटलाई टारिदिने बताए । उनले सवैलाई एक पटक वीमावारे बुझ्न र यसमा आवद्ध हुन आह्वान समेत गरे । कार्यक्रमको सहजीकरण भने सिटीजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर केपी शर्माले गरेका थिए ।
उल्लेखित समाचारको शीर्षकमा सिटीजन्स लाईफ इन्सुरेन्स हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ । सं.