Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

दशैं नजिकिएसँगै मुग्लिन–नारायणगढ सडकखण्डको मर्मत सुरु

दशैं नजिकिएसँगै मुग्लिन–नारायणगढ सडकखण्डको मर्मत सुरु

images

पत्रपत्रिका

१७, आश्विन २०७८
दशैं नजिकिएसँगै मुग्लिन–नारायणगढ सडकखण्डको मर्मत सुरु
images

काठमाडौं, १७ असोज । काठमाडौँको ‘लाइफलाइन’का रूपमा लिइने नारायणगढ–मुग्लिन सडकको मर्मत सुधार थालिएको छ । काठमाडौँ र पोखरा हुँदै तराईलाई पहाडी एवं हिमाली जिल्लासँग जोड्ने सो राजमार्ग वर्षाका कारण बेलाबेला अवरुद्ध हुँदै आएको छ । दशैँ नजिकिँदै गर्दा सडक विभागले नारायणगढ–मुग्लिन सडक मर्मत थालेको हो । डिभिजन सडक कार्यालय चितवनले सडक मर्मत तथा सुधार कार्य सुरु गरेको छ ।

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी शिवप्रसाद खनालका अनुसार दशैँमा यात्रुका लागि सडक यात्रा सहज र सुरक्षित बनाउन सडक मर्मत तथा सुधार थालिएको हो । वर्षात् जारी रहेका कारण सडकका ठाउँ–ठाउँमा झरेको पहिरो पन्छाउने र राजमार्गमा परेका खाल्डाखुल्डी टाल्ने कार्य थालिएको खनालले जानकारी दिनुभयो ।

धादिङको पिपला मोडदेखि मुग्लिनसम्मको ८२ किलोमिटर (पृथ्वी राजमार्ग) र मुग्लिनदेखि नारायणगढसम्मको ३६ किलोमिटर (नारायणगढ–मुग्लिन सडक) डिभिजन सडक कार्यालय भरतपुरको कार्यक्षेत्रभित्र पर्छ । वर्षाका कारण खसेका पहिरो र ठाउँ–ठाउँमा सडक भासिएकाले यो सडक मार्गको यात्रा कठिन बन्दै आएको छ । नारायणगढ–मुग्लिन सडक पुनर्निर्माण सम्पन्न भई दुई वर्षअघि सरकारलाई हस्तान्तरण गरिएको थियो । इन्जिनियर खनालका अनुसार सडक मर्मत सुधारका लागि डिभिजन सडक कार्यालयले २५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

यो बजेटमध्ये ८० प्रतिशतभन्दा बढी पृथ्वी राजमार्गमा मात्रै खर्च हुने अनुमान गरिएको छ । उहाँका अनुसार नारायणगढ मुग्लिन सडकमा मर्मत गर्नुपर्ने धेरै छैन । खनालले भन्नुभयो, “जति सडक मर्मत सुधार गर्नुपर्ने भनेकै पृथ्वी राजमार्ग हो । ” उहाँका अनुसार, पृथ्वी राजमार्गको धेरै ठाउँमा अहिले खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।

पृथ्वी राजमार्गको चितवन खण्ड मोवाखोलादेखि मुग्लिनसम्म तीनवटा पहिरो पन्छाउनुपर्ने अवस्था छ । मुग्लिनदेखि नारायणगढसम्मको नारायणगढ–मुग्लिन सडकमा चारवटा ठूला पहिरोले राजमार्गमा अवरोध भएको थियो । राजमार्ग अवरुद्ध हुनेगरी पहिरो खस्नुमा सडकका माथिल्ला क्षेत्रमा जथाभावी निर्माण गरिएको ग्रामीण सडक जिम्मेवार भएको विज्ञहरूको धारणा छ ।

राजमार्गमाथि स्थानीय निकायले ग्रामीण सडक बनाइरहेका छन् । डिभिजन प्रमुख बाबुराम सापकोटाले कच्ची सडक खन्दा निकालिएका माटो र ढुङ्गाले वर्षामा पहिरोको रूप लिएर राजमार्गमा अवरोध हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “मर्मत सुधार नियमित प्रक्रिया हो तर अहिले पहिरो थप समस्या बनेको छ । गोरखापत्रबाट

images
प्रकाशित मिति :आश्विन १७, २०७८ आइतवार - ०९:४७:२५ बजे

पत्रपत्रिका

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology