Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

खन्ने काम गर्दा तीन कराेड बराबरका सुनका डल्ला भेटियाे

खन्ने काम गर्दा तीन कराेड बराबरका सुनका डल्ला भेटियाे

इच्छाकामना न्युज

१५, आश्विन २०७७
खन्ने काम गर्दा तीन कराेड बराबरका सुनका डल्ला भेटियाे
images

सिड्नी । अस्ट्रेलियामा खन्ने काम गर्ने  दुई जनाले सुनको दुई वटा डल्ला भेटेका छन् ।

images
images

उनीहरूले खन्ने क्रममा झण्डै दुई लाख ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सुनको डल्ला भेटेका हुन् । यसकाे नेपाली मूल्य अनुमानित तीन कराेड पर्छ ।

ब्रेन्ट श्यानन र एथन वेस्टले त्यो सुनको डल्लो भिक्टोरिया राज्यको टार्नागुल्ला शहर नजिक खन्दै गर्दा भेटेका हुन् ।

उनीहरूको यो खोजलाई चर्चित टेलिभिजन शो ‘अस्सी गोल्ड हन्टर्स’ मा देखाइएको छ ।

एथन वेस्टका अनुसार चार वर्षमा खन्दै जाँदा आफूले सायद हजारौँ टुक्रा सुन फेला पारेको बताए ।

डिस्कभरी च्यानलले सुनको खोज गर्नेले आफ्नो अनुमानित मूल्यको तुलनामा सुनको डल्लाको लागि ३० प्रतिशतसम्म धेरै भुगतान गर्न सक्ने जनाएको छ ।

सन् २०१९ मा एक अस्ट्रेलियाका व्यक्तिले मेटर डिटेक्टरको सहायताद्वारा एक दशमलव चार किलो सुन हात पारेका थिए । त्यसको अनुमानित मूल्य झण्डै ६९ हजार अमेरिकी डलर थियो ।

अस्ट्रेलियामा सुनको खोजी गर्ने काम सन् १८५० को दशमा सुरु भएको थियो ।

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०८:२९:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology