Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रिल बनाउने चक्करमा युवतीले हराइन् ७० हजारको औँठी

रिल बनाउने चक्करमा युवतीले हराइन् ७० हजारको औँठी

एजेन्सी

१, बैशाख २०८३
रिल बनाउने चक्करमा युवतीले हराइन् ७० हजारको औँठी
images

आजभोलि इन्स्टाग्राममा रिल बनाउन युवायुवतीमा बेग्लै धुन सवार हुने गर्छ । एउटा राम्रो इन्स्टाग्राम रिल बनाउन उनीहरूले हद पार गरिरहेका हुन्छन् । भ्युज र लाइकको लोभमा मानिसहरू प्रायः यस्तो काम गरिरहेका छन् कि त्यसले कहिलेकाहीँ पछुतोबाहेक केही दिँदैन । 

images
images

भारतमा यस्तै एउटा घटना भएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) को एउटा खेल चलिरहेका बेला एक युवतीले 'रिङ ट्रेन्ड' पछ्याउँदा उनलाई निकै महँगो सावित भएको छ । उक्त घटनामा उनले ७० हजार भारु क्षति भएको छ । 

यो घटना अप्रिल ११ मा महाराजा यादवेन्द्र सिंह पीसीए स्टेडियम मा खेलिएको सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सबिचको खेलका क्रममा भएको हो । खचाखच भरिएको स्टेडियममा मधु प्रिया नामकी एक दर्शकले आफ्नो फोनबाट इन्स्टाग्रामको एउटा चर्चित 'रिङ ट्रेन्ड' नक्कल गर्ने प्रयास गर्दै थिइन् ।

यो ट्रेन्डमा क्यामेराको अगाडि आफ्नो औँठीलाई हावामा उचालेर फेरि समात्नुपर्छ । युवतीले रवाफका साथ आफ्नो ७० हजार रुपैयाँ भारु पर्ने औँठी हावामा त फालिन्, तर दुर्भाग्यवश उनले त्यसलाई समात्न सकिनन् । औँठी सिधै तल खस्यो र स्टेडियमको भिडमा कतै हरायो । 

मधु प्रिया आफैंले यो घटनाको भिडियो आफ्नो इन्स्टाग्राम खातामा सेयर गरेकी छन् । भिडियोमा औँठी हातबाट फुत्किने बित्तिकै उनको अनुहारमा होस उडेको देख्न सकिन्छ । उनी तुरुन्तै आफ्नो सिटको वरिपरि र तल झुकेर त्यसलाई खोज्न थाल्छिन्, तर औँठीको कतै अत्तोपत्तो लाग्दैन । 

भिडियोको क्याप्सनमा आफ्नो पीडा व्यक्त गर्दै उनले लेखेकी छिन्, '७०,००० रुपैयाँको नोक्सान भयो । औँठी अहिलेसम्म भेटिएको छैन ।' साथै  उनले स्टेडियममा उपस्थित मानिसहरूलाई अपील पनि गरेकी छिन्, यदि कसैले त्यो औँठी भेट्टाए उसले उनलाई डाइरेक्ट मेसेज गरोस् । 

युवतीको यो ठुलो नोक्सान इन्टरनेटका प्रयोगकर्ताहरूका लागि भने हाँसोको विषय बनेको छ। प्रयोगकर्ताहरू यस 'रील ट्रेजेडी' माथि फरक–फरक रमाइला टिप्पणीहरू गरिरहेका छन् । एक प्रयोगकर्ताले व्यंग्य गर्दै लेखेका छन्, 'यही बहानामा अब कम्तीमा पूरा स्टेडियमको सरसफाइ त हुनेछ ।' 

अर्काले सल्लाह दिएका छन्, 'म्याडम, अर्को पटक औँलामा धागो बाँधेर रील बनाउनु ।' त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, 'लौ भाइ, पर्‍यो ७० हजार रुपैयाँको रील !' यद्यपि, केही मानिसहरूले सहयोगको प्रस्ताव पनि गरेका छन् । 

images
प्रकाशित मिति :बैशाख १, २०८३ मंगलवार - २२:०६:१९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology