Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

३८ वर्षको उमेरमा बिहे, बेहुली भित्र्याएलगत्तै मृत्यु

३८ वर्षको उमेरमा बिहे, बेहुली भित्र्याएलगत्तै मृत्यु

एजेन्सी

२३, कार्तिक २०८२
३८ वर्षको उमेरमा बिहे, बेहुली भित्र्याएलगत्तै मृत्यु
images

विवाहको उत्सव चलिरहेको घरमा अचानक शोक निम्तिनु, त्यो पनि बेहुलाकै मृत्युको शोक– दाम्पत्य जीवनमा भर्खरै प्रवेश गरेकी एक महिलाका लागि योभन्दा ठुलो दुर्भाग्य के हुन सक्ला र !

images
images

भारतको उत्तर प्रदेश राज्यको अमरोहामा यस्तै एक घटना प्रकाशमा आएको छ । ३८ वर्षीय गुड्डु उर्फ परवेज आलमले शनिबारमात्र घरमा बेहुली भित्र्याएका थिए । जामा मस्जिद रोडमा पुस्तकको पसल सञ्चालन गर्दै आएका परवेजका आमा–बुवा र दाजुको यसअघि नै मृत्यु भइसकेको थियो । परिवारमा परवेज र उनका भाइमात्र थिए ।

परवेजले सायमा नाम गरेकी युवतीसँग विवाह गरेका थिए । शनिबार राति १ बजे विवाहको कार्यक्रम सकेर बेहुलीसहित परवेज घर फर्किएका थिए । करिब दुई बजे राति परवेजको स्वास्थ्यमा समस्या देखियो ।

उनलाई तत्कालै अस्पताल लगिएको थियो । नजिकै रहेको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि जोया रोडस्थित एक निजी अस्पतालमा उनलाई राति नै लगियो । चिकित्सकहरूले उनलाई मुरादाबादको अस्पतालमा रेफर गरिदिए । यद्यपि, परवेजलाई चिकित्सकहरूले बचाउन सकेनन् ।
 
बिहे गरेर आफूलाई भर्खरै घरमा भित्र्याएका पतिको मृत्यु भएको खबरले नवविवाहित सायमा बेहोस भएको बताइएको छ । परवेजको मृत्यु कसरी भयो भन्नेबारे प्रस्ट हुन सकेको छैन । उनको शरीर पहेंलो भएका कारण जण्डिस रोगकै कारण मृत्यु भएको आशंका गरिएको छ ।

images
प्रकाशित मिति :कार्तिक २३, २०८२ आइतवार - १९:३९:५७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology