Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

‘गर्भवती बनाइदिएबापत २५ लाख पाउने’ विज्ञापनमा लोभिएका ठेकदारले गुमाए ११ लाख भारु

‘गर्भवती बनाइदिएबापत २५ लाख पाउने’ विज्ञापनमा लोभिएका ठेकदारले गुमाए ११ लाख भारु

एजेन्सी

१३, कार्तिक २०८२
‘गर्भवती बनाइदिएबापत २५ लाख पाउने’ विज्ञापनमा लोभिएका ठेकदारले गुमाए ११ लाख भारु
images

नयाँ दिल्ली । सामाजिक सञ्जालमा विभिन्न प्रकारमा सामग्री आउने गर्दछन् । सामाजिक सञ्जालमा आएका त्यस्ता कतिपय सामग्रीकै कारण मानिस ठगिने गरेका उदाहरण पनि पाइन्छन् ।

images
images

भारतको महाराष्ट्र राज्यको पुणेमा यस्तै एक ठगीको घटना प्रकाशमा आएको छ । सहरका एक ठेकदारले सामाजिक सञ्जालमा त्यस्तै एक विज्ञापन देखे, जसमा महिलालाई गर्भवती बनाएबापत २५ लाख रुपैयाँ दिइने प्रस्ताव थियो ।

सामाजिक सञ्जालमा प्रसारित भिडियो विज्ञापनमा एक महिला भन्छिन्, ‘म यस्तो एक पुरुष चाहन्छु, जसले मलाई आमा बनाइदियोस् । त्यो पुरुष पढेलेखेको होस् वा अनपढ, गोरो होस् वा कालो, जुनसूकै जातको होस्, त्यसले मलाई केही फरक पर्दैन ।’

यो विज्ञापन हेरिसकेपछि ती ठेकदारले भिडियोमा उल्लेख भएको नम्बरमै फोन गरे । उनीसँग ‘प्रेग्नेन्ट जब फर्म’का सहायकका रूपमा एक पुरुषले कुराकानी गरे ।

यहाँबाट ती ठेकदार ठगिने क्रम सुरु भयो । आफ्नो परिचयपत्र बनाउनुपर्ने भन्दै ती व्यक्तिले ठेकदारसँग सुरुवातमा केही रकम माग गरे । यसैगरी विभिन्न प्रक्रियाका लागि भन्दै आफूसँग पटक–पटक गरी ११ लाख भारु लिइसकेको पीडित ठेकदारको भनाइ छ ।

सेप्टेम्बरको पहिलो सातादेखि २३ अक्टोबरसम्मको अवधिमा ११ लाख रुपैयाँ बुझाइसकेपछि पनि विज्ञापनमा भनेजस्तो अवसर नपाएपछि ठेकदार झस्किए । त्यसपछि उनले फोनबाटै जब कम्पनीका मानिससँग सोधपुछ गर्न थाले । अचानक आफ्नो नम्बर ‘ब्लक’ भएपछि भने ठेकदारले आफू ठगिएको आशंका गरे ।

त्यसपछि उनी प्रहरीमा ठगीको उजुरी लिएर पुगे । प्रहरीले उनको उजुरीमाथि अनुसन्धान सुरु गरेको छ । भारतमा यस प्रकारका साइबर ठगीका कैयौँ उदाहरण रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पीडित ठेकदारको नाम र परिचय भने खुलाएको छैन ।

 

images
प्रकाशित मिति :कार्तिक १३, २०८२ बिहिवार - २०:१५:१० बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology