Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

सवारी ज्यान मुद्दामा फरार आँबुखैरेनी भाँगेका चन्द्रसिंह मगर सहित ५ जना फरार प्रतिवादी पक्राउ

सवारी ज्यान मुद्दामा फरार आँबुखैरेनी भाँगेका चन्द्रसिंह मगर सहित ५ जना फरार प्रतिवादी पक्राउ

images

इच्छाकामना न्युज

३१, भाद्र २०७८
सवारी ज्यान मुद्दामा फरार आँबुखैरेनी भाँगेका चन्द्रसिंह मगर सहित ५ जना फरार प्रतिवादी पक्राउ
images

तनहुँ, ३१ भदौ । जिल्ला प्रहरी कार्यालय तनहुँले सवारी ज्यान मुद्दामा सजाय तोकिएका आँबुखैरेनी गाउँपालिका ४ भाँगेका २८ वर्षीय चन्द्रसिंह मगरलाई पक्राउ गरेको छ। उनलाई जिल्ला अदालत तनहुँले विसं २०७५ असोज १७ गते ११ महिना सात दिन कैद र ४ हजार जरीवानाको फैसला सुनाएको थियो।

उनीसँगै विभिन्न मुद्दामा सजाय पाएका ५ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान, सामाजिक अपराध र सम्बन्धविच्छेद मुद्दामा अदालतबाट कैद तोकिएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

सवारी ज्यान मुद्दामै शुक्लागण्डकी नगरपालिका ८ का ३१ वर्षीय सुकबहादुर दमैलाई पक्राउ गरेको छ। उनलाई जिल्ला अदालतले विसं २०७८ वैशाख ५ गते दुई वर्ष दश महिना नौ दिन कैदको फैसला सुनाएको थियो ।

सामाजिक अपराध मुद्दामा गोरखा पालुङटार नगरपालिका ७ का ३९ वर्षीय विशालजङ्ग शाही भन्ने जुननारायण विश्वकर्मालाई पक्राउ गरेको छ। उनलाई जिल्ला अदालतले विसं २०७७ फागुन २६ गते एक महिना कैद र रु दुई हजार दुइ सय जरीवानाको फैसला सुनाएको थियो।

यसैगरी सम्बन्धविच्छेद र सवारी ज्यान मुद्दामै एक एक प्रतिवादी पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेका सबैलाई कैद भुक्तानका लागि आजै तनहँु अदालत उपस्थित गराइएको उनले बताए ।

विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजीकार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ३१, २०७८ बिहिवार - २१:०२:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology