सिमलढाप, २१ भदौ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ को नेपाली कांग्रेस वडा सभापतिमा पुनः मान बहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएको छ। पार्टीको आज सम्पन्न १४ औं वडाअधिवेशनबाट वडा सभापतिमा पुनः गुरुङ सर्वसम्मत निर्वाचित भएको हो।
अधिवेशनले वडा कार्यसमितिको उपसभापतिमा राजकुमार चेपाङ र बिर बहादुर तामाङ, सचिवमा योगेन्द्र बहादुर मगर र टेक बहादुर गुरुङ, सह–सचिव शिव कुमार गुरुङ र सोममाया मगर, सदस्यहरुमा पानमाया गुरुङ, सन्त कुमारी चेपाङ, निरमाया गुरुङ, दिपक श्रेष्ठ, सुजन गुरुङ, नन्द कुमार गुरुङ, गोपीलाल प्रजा र मिनु मगरलाई सर्वसम्मत निर्वाचित गरेको छ।
साथै वडा कार्यसमितिको कोषाध्यक्षमा प्रकाश मगर साथै सदस्यहरुमा भरत थिंङ्ग, होम बहादुर गुरुङ, वृष गुरुङ, सोम बहादुर गुरुङ र प्रदिप तामाङलाई मनोनित गरेको छ।
यस्तै उक्त वडा अधिवेशनले वडा नं. ७ बाट क्षेत्रीय प्रतिनिधीमा मान बहादुर गुरुङ, इन्द्र बहादुर भुजेल, देविलाल गुरुङ, रामशरण श्रेष्ठ, बम बहादुर थापा मगर, दिपक थापा मगर, गनिराज प्रजा, गौमती मगर, फुलमाया मगर, फुलमती गुरुङ, मान बहादुर मगर, सुकमाया सुनार, झप्पन बहादुर गुरुङ, गोपी बहादुर शाही, अमृत गुरुङ र बिमाया चेपाङलाई सर्वसम्मत चयन गरेको छ।