Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनको मुग्लिन बजारबाट १६ किलो गाँजा सहित ३ जना पक्राउ

चितवनको मुग्लिन बजारबाट १६ किलो गाँजा सहित ३ जना पक्राउ

इच्छाकामना न्युज

१९, भाद्र २०७८
चितवनको मुग्लिन बजारबाट १६ किलो गाँजा सहित ३ जना पक्राउ

मुग्लिन, १९ भदौ । इलाका प्रहरी कार्यालय मुग्लिनले १६ किलो गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ। काठमाण्डौबाट मुग्लिनतर्फ आउदै गरेको ना ७ ख ५०११ नं. को यात्रुवाहक बसलाई मुग्लिन बजारमा चेकजाँच गर्ने क्रममा प्रहरीले शुक्रबार दिउँसो ४ः३० बजे १६ किलो गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो।

images

पक्राउ पर्नेहरुमा चितवन रत्ननगर १५ माधवपुर बस्ने २७ वर्षका सोनाम बाईवा, कालिका ८ कालिका टोलका २५ वर्षका बिमल तामाङ र काठमाण्डौ बुढानिलकण्ढ ३ तउलुङका ३० वर्षका राजकुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनीहरु मध्य सोनाम वाईवाको साथबाट ७ के.जी. बिमल तामाङको साथबाट ६ के.जी र राजकुमार तामाङको साथबाट ३ के.जी.गरी १६ केजी गाँवाँ बरामद गरेको छ।

यसैबिच गत माघ १५ गते राती ९ बजेको समयमा चितवन राप्ती नयाँबस्तीबाट ना २ ह ५८८० नं.को अटोमा ७ वटा पोकामा ३५ किलोग्राम गाँजा भेटिएकोमा फरार रहेको अटो चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ। उक्त अटोका चालक राप्ती १ पिप्लेका २० वर्षका मिनराज घलानलाई बिहिबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

पक्राउ परेकाहरुलाई अदालतमा पेश गरी म्याद थप गराई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ। 

images
प्रकाशित मिति :भाद्र १९, २०७८ शनिवार - ११:३७:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology