गोरखा, १९ भदौ । नेपाली कांग्रेस आँबुखैरेनी ४ को वडा सभापतिमा बल बहादुर पन्थ निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार भएको नेपाली कांग्रेसको १४ औं वडा अधिवेशनबाट वडासभापतिमा पन्थ निर्विरोध निर्वाचित भएको हो। अधिवेशनले सम्पूर्ण वडा समिति र क्षेत्रीय प्रतिनिधिहरुमा पनि निर्विरोध निर्वाचित गरेको छ।
अधिवेशनले वडा कमिटिको उपसभापतिमा मीन बहादुर गुरुङ र पुर्ण प्रसाद खनाल, सचिवमा पवन मल्ल र बिष्णु कैनी, सहसचिवमा विष्णु हरि नराल र गणेश बहादुर राना, सदस्यहरूमा तेज प्रसाद नराल, चन्द्र बहादुर तामाङ, कमानसिं लामा, ईन्द्र बहादुर सुनार, खगेन्द्र बि. क., भगवान प्रसाद नराल, जोसना कार्की, राजेन्द्र शाह, राजन लोहनी, कान्छीमाया तामाङ, कटक बहादुर पन्थ, राजकुमारी थापा भण्डारी, पदम प्रसाद रिमाल, दिननाथ लोहनी, र सुमित्रा नेपाली रोकालाई निर्वाचित गरेको छ।
यस्तै क्षेत्रीय प्रतिनिधिहरुमा भानुभक्त थापा, ईश्वर बहादुर परियार, शोभा अधिकारी, प्रकाश अधिकारी, मित्रा परियार, ज्ञान प्रसाद कारखेती, बिनोद पन्थ, जगत बहादुर राना, होम बहादुर खनाल, राजेश दराई, उचित खनाल, गिता कार्की, शुभकामना मल्ल, होम बहादुर खत्री, मोहोन बहादुर गुरुङ, गुणलाल बि.क. र प्रिति सुनारलाई निर्वाचित गरेको छ।