Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

वैदेशिक रोजगारीमा जाने महिला घटे 

वैदेशिक रोजगारीमा जाने महिला घटे 

इच्छाकामना न्युज

१८, भाद्र २०७८
वैदेशिक रोजगारीमा जाने महिला घटे 
images

काठमाण्डौ, १८ भदौ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या घटेसँगै रोजगारीका लागि विदेश जाने नेपाली महिलाको सङ्ख्या पनि घटेको छ । अघिल्लो वर्षको तुलनामा रोजगारीमा जाने नेपाली महिलाको सङ्ख्या ३९ प्रतिशतले घटेको छ ।

images
images

अघिल्लो वर्ष १८ हजार २ सय ६ जना महिला वैदेशिक रोजगारीमा गएका थिए । गत वर्ष ३९ प्रतिशतले घटेर ७ हजार १ सय ७८ जना महिला वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ । नेपाली महिलाहरु सबैभन्दा बढी रोजगारीका लागि दुबइ गएका छन् ।

दुबइमा २ हजार ३ सय५२ जना, दोस्रो कतारमा १ हजार ५४ जना महिला रोजगारीका लागि गएका छन् । जोर्डानमा ९ सय १८ र साईप्रसमा पनि ९ सय १४ जना नेपाली महिला रोजगारीका लागि गएका छन् । नेपालको ७७ जिल्ला मध्ये सवै भन्दा बढी झापाका महिलाहरू रोजगारीका लागि बिदेशिएका छन् ।  

images
प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - १०:०२:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology