Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

काठेपुल तर्ने क्रममा चिप्लियर खोलामा खस्दा गोरखा सामागाउँका एक युवा बेपत्ता

काठेपुल तर्ने क्रममा चिप्लियर खोलामा खस्दा गोरखा सामागाउँका एक युवा बेपत्ता

इच्छाकामना न्युज

१३, भाद्र २०७८
काठेपुल तर्ने क्रममा चिप्लियर खोलामा खस्दा गोरखा सामागाउँका एक युवा बेपत्ता
images

गोरखा, १३, भदौ । गोरखाको चुमनुव्री गाउँपालिका–१, सामागाउँमा काठेपुलबाट चिप्लिएर खोलामा खस्दा एक पुरुष बेपत्ता हुनुभएको छ । खङ्सार स्थित ध्याल्वो खोला माथिको काठेपुलबाट चिप्लिएर खस्दा स्थानीयबासी ३२ बर्षका धावारेतार लामा बेपत्ता हुनु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

images
images

ग्याला लेकबाट घोडा चराएर फर्कने क्रममा काठेपुल तर्दै गर्दा लामा खोलामा खसेको स्थानीयबासीको भनाई उद्धृत गर्दै डिएसपी दाहालले बताउनुभयो । बेपत्ता लामाको खोजीका लागी सामागाउँ प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको उहाँको भनाई छ । घटनास्थलमा स्थानीयबासी र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको डिएसपी दाहालले जानकारी दिनुभयो ।

लामा बेपत्ता भएपनि घोडा भने सकुसल अबस्था रहेको पाइएको उहाँको भनाई छ । घटना भएको खोला मनास्लु तालबाट बगेको ठाडो खोला रहेको र नजिकै बुढी गण्डकीमा मिसिएको उहाँले बताउनुभयो । करिब १ सय मिटर लामो रहेको उक्त काठेपुलमा निरन्तर बर्खा भइरहेकाले लेउ लागेर चिप्लो भएको स्थानीयबासीको भनाई छ ।

images
प्रकाशित मिति :भाद्र १३, २०७८ आइतवार - १९:४८:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology