Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

तनहुँ प्रहरीद्वारा ८ जना फरार प्रतिवादी पक्राउ

तनहुँ प्रहरीद्वारा ८ जना फरार प्रतिवादी पक्राउ

images

इच्छाकामना न्युज

९, भाद्र २०७८
तनहुँ प्रहरीद्वारा ८ जना फरार प्रतिवादी पक्राउ
images

तनहुँ, ९ भदौ ।  जिल्ला अदालत तनहुँबाट सजाय तोकिएर फरार रहेका आठ प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेकोछ । लागुऔषध चरेस, जुवा, लेनदेन,  सवारी ज्यान लगायतका मुद्दामा फरार रहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

लागु औषध चरेश मुद्दामा गोरखा पालुङटार नगरपालिका-१ खोप्लाङ स्थायी घर भई हाल म्याग्दे गाउँपालिका६ शेराटार बस्ने ३० वर्षीय सुरेश तामाङ दुई वर्षपछि पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले विसं २०७६ कात्तिक २५ गते तीन महिना कैद र पाँच हजार जरीवानाको फैसला सुनाएको थियो ।

लागुऔषध चरेश मुद्दामै सिन्धुली हरिहरपुरगढी गाउँपालिका-३ स्थायी घर भई हाल शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारा बस्ने २३ वर्षीय दिपक राई दुई वर्षपछि पक्राउ परेका छन् । उनलाई अदालतले विसं २०७६ कात्तिक २५ गते एक महिना कैदको फैसला सुनाएको थियो ।

यसैगरी जारी मुद्दामा विगत १३ वर्षदेखि फरार एक, जुवा मुद्दामा चार वर्षदेखि फरार एक, सार्वजनिक अपराध मुद्दामा विगत ६ वर्षदेखि फरार दुई, लेनदेन मुद्दामा फरार एक र सवारी ज्यान मुद्दामा चार वर्षदेखि फरार एक जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि अदालत दाखिला गरिएको छ ।

images
प्रकाशित मिति :भाद्र ९, २०७८ बुधवार - २२:०६:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology