Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्वयम्भुको मनमोहल अस्पतालको लापरवाहीः आफन्तको नक्कली हस्ताक्षर गरेर अनुमति विना अप्रेशन, धादिङका धन बहादुर गुरुङको मृत्यु 

स्वयम्भुको मनमोहल अस्पतालको लापरवाहीः आफन्तको नक्कली हस्ताक्षर गरेर अनुमति विना अप्रेशन, धादिङका धन बहादुर गुरुङको मृत्यु 

रेखबहादुर गुरुङ

४, भाद्र २०७८
स्वयम्भुको मनमोहल अस्पतालको लापरवाहीः आफन्तको नक्कली हस्ताक्षर गरेर अनुमति विना अप्रेशन, धादिङका धन बहादुर गुरुङको मृत्यु 
images

काठमाण्डौ, ४ भदौ । आफन्तको अनुमती विना विरामीको अप्रेशन गर्दा धादिङका एक जना विरामीको मृत्यु भएको छ । काठमाण्डौं स्वयम्भु स्थित नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिडेटद्वारा संञ्चालित मनमोहन मेमोरिय अस्पतालमा उपचारत निलकण्ठ नगरपालिका–९, काफलपानीका ५५ वर्षिय धनबहादुर गुरुङको मृत्यु भएको हो । 

images
images

भाद्र १ गते अंरिगालले टोकेर धादिङ अस्पतालमा सामान्य उपचार पछि पाटन अस्पताल काठमाण्डौं रिफर भएका गुरुङको पछि थप उपचारको लागि मनमोहन मेमोरियल अस्पतालमा ल्याईएको थियो । विरामीको सघन कक्षमा राखेर उपचार गर्नुपर्छ, पिसाब रोकिएका कारण अप्रेशन पनि गर्नुपर्ने हुन्छ भन्दै अस्पतालले पैसाको बन्दोबस्त गर्नु भनेर जानकारी गराएको विरामीका भतिज पर्ने सन्तोष गुरुङले बताउए। 

पैसाको व्यवस्था हुन्छ तर छोरा र छोरी ईण्डियाबाट आउँदैछन् उनीहरु नआईन्जेल सम्म केही पनि नगर्नु भन्दा भन्दै पनि डाक्टरले अप्र्रेशन गरेर अहिले विरामीको मृत्यु समेत भएको सन्तोष गुरुङले बताए। 

यति मात्र होईन अस्पताल प्रशासनले विरामी र आफन्त विच हुने सम्झौता पत्रमा पनि विरामीको आफन्तको किर्ते सही गरेको छ । अस्पताल प्रशासन जवाफदेही हुने छैन भन्ने कागजमा फर्जी सहि गरेर आफुहरुलाई देखाएको आफन्तले बताएका छन्  ।

images
प्रकाशित मिति :भाद्र ४, २०७८ शुक्रवार - ०९:४५:३८ बजे

रेखबहादुर गुरुङ

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology