Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

तनहुँको बन्दिपुरमा आमाले छोडेर हिडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली

तनहुँको बन्दिपुरमा आमाले छोडेर हिडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली

images

इच्छाकामना न्युज

३, भाद्र २०७८
तनहुँको बन्दिपुरमा आमाले छोडेर हिडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली
images

बन्दिपुर, ३ भदौ । तनहुँको बन्दिपुर गाउँपालिका ४ चौकीटोलकी एक महिलाले घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको विचल्ली भएको छ । स्थानीय सङ्गिता तामाङ गन्धर्वले भदौ १ गतेदेखि घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको विचल्ली भएको हो ।

केही दिन अगाडी श्रीमान् श्रीमतीको झगडा परेपछि उनी घर छाडेर हिँडेको बताइएको छ । उनी हराएको बारेमा परिवारले बिहीबार बन्दिपुर गाउँपालिकालाई जानकारी गराएको छ । गाउँपालिकाले प्रहरीलाई खबर गरेर उनको खोजीका लागि अनुरोध गरेको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् । “ती महिला हराएको बारेमा गाउँपालिकामा जानकारी आएपछि प्रहरीको सहयोगमा खोजी कार्य गरिरहेका छौ,” उनले भनिन् ।

ती महिलाले मोवाइल फोन घरमै छाडेकी छिन् । भानु माइती भएकी उनको आमासँग पनि सम्पर्क भएको गुरुङले बताइन् । “ती महिलाको आमासँग कुरा गरेका छौ, माइती पनि नगएको जानकारीमा आयो,” गुरुङले भनिन् ।

खबरपुञ्जबाट

images
प्रकाशित मिति :भाद्र ३, २०७८ बिहिवार - २२:०७:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology