गोरखा, ३ भदौ । चितुवाको आक्रमणबाट पालुङ्टार नगरपालिका ९ सेराका एक बालक घाइते भएका छन् । साबिक मिरकोट गाविस ८ सेराका १३ बर्षका बिक्रम बिक घाइते भएका स्थानीय गणेश सेढाईँले जानकारी दिए ।
साँझ गाउँलेको बाख्रा खाएर फर्किरहेको चितुवाले बालकलाई भेटेपछि अचानक आक्रमण गरेर शरीर भरि छियाछिया बनाएको उनले बताए ।
‘टाउको, ढाड र देब्रे हात छियाछिया बनाएको छ’, सेढाईँले भने, ‘हामी स्थानीयहरुले तत्काल केही आर्थिक संकलन गरी एम्बुलेन्स खोजेर उपचारका लागि गोरखा अस्पताल पठाएका छौँ ।’ गाउँलेले हल्लाखल्ला गरेपछि चितुवा भागेको र बालकको अबस्था खतरामुक्त रहेको उनले बताए ।
तस्वीर सौजन्यः गणेशराज सेढाईँ ।
दरौदी डटकमबाट