Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

ललाई फकाई युवतीको जिउ बेच्ने मास्ने मुद्दामा २० वर्षदेखि फरार अभियुक्त गोरखा सिरानचोकका शिवचन्द्र पोखरेल पक्राउ

ललाई फकाई युवतीको जिउ बेच्ने मास्ने मुद्दामा २० वर्षदेखि फरार अभियुक्त गोरखा सिरानचोकका शिवचन्द्र पोखरेल पक्राउ

images

इच्छाकामना न्युज

३, भाद्र २०७८
ललाई फकाई युवतीको जिउ बेच्ने मास्ने मुद्दामा २० वर्षदेखि फरार अभियुक्त गोरखा सिरानचोकका शिवचन्द्र पोखरेल पक्राउ
images

गोरखा, ३ भदौ । युवतीलाई ललाई फकाई गरी जिउ बेच्ने मास्ने मुद्दामा सजाय तोकिएका एक फरार अभियुक्तलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेका छन्। २०५८ साल जेठ ८ गते युवतीलाई ललाई फकाई जिउ बेच्ने मास्ने कार्य गरेको भन्दै जिल्ला अदालत गोरखाले सजाय तोकेका सिरानचोक गाउँपालिका ५ का ५३ वर्षिय शिबचन्द्र पोखरेललाई जिल्ला प्रहरी कार्यालय गोरखाले २० वर्षपछि पक्राउ गरेको हो।

अभियुक्त पोखरेललाई अदालतले एक वर्ष कैद सजाय तोकेको थियो। निजले ६ महिना २३ दिन कैद सजाय भुक्तान गरिसकेकोले पाँच महिना सात दिन भुक्तान गर्न बाँकी रहेको थियो । बाँकी रहेको कैद भुक्तानका लागि पक्राउ गरी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।

images
प्रकाशित मिति :भाद्र ३, २०७८ बिहिवार - २०:३८:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology