Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

एसइई उतीर्ण गरेका विद्यार्थीलाई नेपाल टेलिकमको अफरः निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा

एसइई उतीर्ण गरेका विद्यार्थीलाई नेपाल टेलिकमको अफरः निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा

images

इच्छाकामना न्युज

२५, श्रावण २०७८
एसइई उतीर्ण गरेका विद्यार्थीलाई नेपाल टेलिकमको अफरः निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा
images

काठमाडौं, २५ साउन । नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ ।

गत वर्र्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो । टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको छ । जसमा ३० दिनसम्म प्रति दिन १०० एमबी डाटा (कूल ३० जीबी), १० मिनेट कल (टेलिकम–टेलिकम कुरा गर्न कूल ३०० मिनेट) र १० एसएमएस (कूल ३०० एसएमएस) प्राप्त हुने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिएका छन ।

उनका अनुसार सो अफर भएको नयाँ सिममा बोनस अन रिचार्ज प्याकेजसमेत उपलब्ध हुनेछ । सो प्याकमा रु ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधासमेत उपलब्ध हुनेछ । सो सुविधा ६ महिनासम्मको रिचार्जमा उपलब्ध हुनेछ । बोनस बापत यसरी प्राप्त हुने सुविधा तीन दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ ।

एसइईका विद्यार्थीका लागि कम्पनीले निःशुल्क प्रदान गरेको वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सिमको रुपमा रुपान्तरण गरिएको सिम कार्डमा आवश्यकता बमोजिम ई–शिक्षा प्याकेजसमेत लिन सकिनेछ ।

यसअघि ई–शिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समयावधिलाई थप गरी अबदेखि बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने बनाइएको छ ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीले सिम कार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने रु दशबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् । सो बाहेक ४० मिनेट टक टाइम, २० वटा एसएमएस र ६० एमबी डाटा हितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने जनाइएको छ ।

एसइई उतीर्ण विद्यार्थीले नयाँ सिमका लागि १० कक्षाको कुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचयपत्रको फोटोकपी संलग्न गरद्दी फाराम भर्नुपर्नेछ ।

 

 
 

images
प्रकाशित मिति :श्रावण २५, २०७८ सोमवार - १९:१६:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology