Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासको भाईरल तस्विरः कार्यकक्षमा नै सहयोगीलाई मालिस गर्न लगाईयो

धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासको भाईरल तस्विरः कार्यकक्षमा नै सहयोगीलाई मालिस गर्न लगाईयो

इच्छाकामना न्युज

२३, श्रावण २०७८
धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासको भाईरल तस्विरः कार्यकक्षमा नै सहयोगीलाई मालिस गर्न लगाईयो
images

जनकपुरधाम, २३ साउन । मेयरले कार्यकक्षमा कार्यालय सहयोगीलाई मसाज गर्न लगाएको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।  

images
images

धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासले आफ्नो कार्यकक्षमै कार्यालय सहयोगीलाई खुट्टाको मसाज गर्न लगाएका हुन् । कार्यालय सहयोगी करन दासले खुट्टाको मसाज गरिरहेको तस्बिर झ्यालबाट कसैले खिचेर सामाजिक सञ्जालमा राखिएको हो, जुन तस्बिर यतिबेला भाइरल भइरहेको छ ।

कोठाको ढोका थुनेर मेयर दासले कार्यालय सहायकसँग मालिस गराइरहेको देखिन्छ ।  दास नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका र पछिल्लो समय उनी नेकपा एमालेमा प्रवेश गरेका हुन् । मेयर दासले आफूलाई सञ्चो नहुँदा आफ्नै भाइ नाता पर्ने कार्यालय सहयोगीलाई मालिस गर्न लगाएको स्वीकारेका छन् ।  

‘सञ्चो नहुँदा नहुँदै सेवाग्राहीलाई मर्का पर्ला भनेर म एक घन्टाको लागि कार्यालय गएको थिएँ । तर जिउ दुखेर काम गर्न नसक्ने भएपछि मेरो भाइलाई बोलाएर मालिस गर्न लगाएको हुँ,’ उनले भने । उनले नै भाइलाई कार्यालय सहयोगीको रुपमा जागिर दिएका थिए । 

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १८:४७:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology