तनहुँ, ७ साउन । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध र साधारण चोरी मुद्दाका दुई व्यक्तिलाई पक्राउ गरि तनहुँ जिल्ला अदालत समक्ष पेश गरेको छ ।लागुऔषध मुद्दाका बन्दिपुर गाउँपालिका–१ बेलभञ्ज्याङका २६ बर्षीय सुवास परियार र चोरी मुद्दाका भानुनगरपालिका–८ का २६ बर्षीय किरण तामाङलाई घरबाट पक्राउ गरेको हो ।
विसं २०७७ चैत्र ८ गतेको फैसलाले एक महिना कैद र दुई हजार जरिवाना तोकेपछि परियार फरार हुदै आएका थिए ।फरार हुदै आएका परियारलाई बिहीबार नै पक्राउ गरि तनहुँ जिल्ला अदालत समक्ष पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
त्यसैगरी चोरी मुद्दाका तामाङलाई अदालतको फैसलाले एक महिना कैद र रु.बत्तीस हजार एक सय जरिवाना तोकेपछि निज फरार हुदै आएका थिए ।विसं ०७७ चैत्र २३ गते देखि फरार हुदै आएका तामा–लाई ०७८ साउन ६ गते पक्राउ गरी बिहीबार कैद तथा जरिवाना भुक्तानको लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।