Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

दमौलीको भोर्लेटारचोकबाट ठुलो परिणाममा अवैध लागुऔषध सहित २ जना पक्राउ

दमौलीको भोर्लेटारचोकबाट ठुलो परिणाममा अवैध लागुऔषध सहित २ जना पक्राउ

इच्छाकामना न्युज

५, श्रावण २०७८
दमौलीको भोर्लेटारचोकबाट ठुलो परिणाममा अवैध लागुऔषध सहित २ जना पक्राउ

तनहुँ, ५ साउन । दमौलीको भोर्लेटारचोकबाट ठूलो परिमाणमा लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्ने दुवै जना पर्वतका हुन् ।

images

व्यास २ भोर्लेटारचोकस्थित पृथ्वी राजमार्गमा खटिएको प्रहरीको टोलीले बुटवलबाट पोखरा तर्फ गैरहेको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा पर्वत कुश्मा नगरपालिका–५ निवासी २६ वर्षका बिकु मगर र सोही ठाउँका २५ वर्षका उमेश क्षेत्री पक्राउ परेका छन् ।

उनीहरुको साथबाट फेनेरागन ४६ एम्पुल, डाईजापाम ४६ एमपुल र नुरफिन ४६ एम्पुलगरी जम्मा १३८ एम्पुल नियन्त्रणमा लिईएको थियो ।

उनीहरुविरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ५, २०७८ मंगलवार - २२:२६:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology