Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आयुर्वेद औषधी व्यवसायी संघ गण्डकीद्वारा पर्वतको पैयु गाउँपालिका ७ का कोरोना संक्रमितहरुको लागि औषधी हस्तान्तरण

आयुर्वेद औषधी व्यवसायी संघ गण्डकीद्वारा पर्वतको पैयु गाउँपालिका ७ का कोरोना संक्रमितहरुको लागि औषधी हस्तान्तरण

images

इच्छाकामना न्युज

३०, आषाढ २०७८
आयुर्वेद औषधी व्यवसायी संघ गण्डकीद्वारा पर्वतको पैयु गाउँपालिका ७ का कोरोना संक्रमितहरुको लागि औषधी हस्तान्तरण
images

पोखरा, ३० असार । नेपाल आयुर्वेद औषधि व्यबसायी संघ गण्डकी प्रदेशले पर्वतको पैयु गाउपालिका ७ का कोरोना संक्रमितहरुका लागि रोग प्रतिरोध क्षमता बढाउने गुण भएका  आयुर्वेद औषधि हस्तान्तरण गरेको छ। पालिका प्रवक्ता एवं  वडा नं ७ का अध्यक्ष भिम बहादुर गुरुङ्गलार्इ औषधी हस्तान्तरण  गरेको हो ।

पैयु  गाउँपालिकामा गण्डकी प्रदेशका आयुर्वेद औषधि  व्यवसायी  संघबाट प्राप्त सहयोग आयुर्वेद औषधि  संक्रमितहरुका लागि आयुर्वेद स्वास्थ्यकर्मिको उपस्थितिमा दिइने जानकारी पालिका प्रबक्ता गुरुङ्गले बताए।

संक्रमितहरुको लागि उच्च मनोबल बढाइ रोगप्रतिरोध क्षमता वृद्धि गर्न सहयोग पुग्ने हाम्रै गाउघरका जडिबुटीद्वारा खल  मिश्रण औषधि सहयोग गरि कोरोना माहामारी बिरुद्ध अभियान नै चलाएर पून्य कार्य गरेकोमा गण्डकी प्रदेशका आयुर्वेद औषधि व्यवसायीहरुलाइ धन्यवाद दिदै  वडावासी संक्रमितहरुले स्थानीय जडिबुटी जस्तै गाजाको मुण्टा, गुर्जोको लहरा, बेसार, तुलसी, ज्वानो, असुरो आदिको क्वाथर चिया बनाएर प्रयोग गर्दै आएको जानकारी दिए।

212511425_1008105683334856_6406080662251073957_n.jpg

प्रवक्ता गुरुङ्गले गाउँघरमा स्थानीय  जाडिबुटीको  पहिचान र प्रयोग बिधि थाहा नपाउदा अमृतरुपी बहुमूल्य जाडिबुटी त्यसै खेर गएको बतादै जाडिबुटिको पहिचान र  सेवन बिधिका लागि  आयुर्वेद  व्यवसायी एबम आयुर्वेद बिज्ञहरुसँग समन्वय गरि आगामी दिनमा छलफल  गर्दै जाने बिश्वास एबम प्रतिबद्धता व्यक्त गरे ।

कोरोनाका नयाँ नया भेरियण्ट विरुद्ध लड्न आयुर्वेद भूमिका अन्तर्गत गण्डकी प्रदेश भित्रका अति बिपन्न नागरिक, अग्रपंक्तिमा खटिने पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अति प्रभावित क्षेत्रमा नेपाल आयुर्वेद औषधि व्यवसायी संघ गण्डकी ले निःशुल्क आयुर्वेद औषधि बितरण गरिएको संघका अध्यक्ष राजु कुमार पौडेलले बताए।

पछिल्लो समय गण्डकी प्रदेशका व्यवसायीहरुको लगाव र सकृयताले  आयुर्वेदको प्रभावकारिता सङ्गै  प्रयोगकर्ता बढ्दै गएको देखिन्छ । कोरोना विरुद्ध व्यवसायीद्वारा बितरित औषधिले आफुहरुलाइ  संक्रमण मुक्त हुन सहज तुल्याएको सेवनकर्ताले दिनानुदिन बताइरहेको  अल नेपाल होमियोपेथिक एसोसियसन गण्डकीका अध्यक्ष डा. बिष्णु प्रसाद चापागाईंले कार्यक्रममा बताए।

आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागको कोभिड १९ को प्रोटोकल अनुसार  औषधि वयवस्था बिभागमा दर्ता भएका आयुर्वेद औषधि उद्योगहरुसङ्ग सहयोग र खरिद समेत गरि गुडुची, यष्ठिमधु र त्रिकटु लाइ खल मिश्रण गरि क्वाथ बनाएर वा मनतातो पानीसङ्ग सेवन गर्न मिल्ने गरि  तयार पारिएको डा. दीपक भूषालले बताए।

यस्तै संक्रमितहरुको सेवामा गण्डकी प्रदेशका सबै व्यवसायीहरु अहोरात्र खटिइ माहामारी नियन्त्रण एबम न्यूनीकरणमा प्रयासरत रहेको र प्रदेशका ८ जिल्लामा औषधि बितरण  गरिएको स्वयंसेवक सम्योजक कृष्ण राउतले जानकारी दिए।

कार्यक्रमको समन्वय गरेका समाजसेवी किरण गुरुङले आफ्नो थातथलो  स्थित  पर्वत जिल्ला पैयु गाउँपालिका ७ का सक्रिय संक्रमितहरुका लागि आयुर्वेद औषधि उपलब्ध गराएकोमा खुशी ब्यक्त गरे।

कार्यक्रममा बोल्दै संघका कोषाध्यक्ष रमेश चापागाईंले अभियानमार्फत अहिले सम्म करिब २० लाख बराबरको आयुर्वेद औषधि उत्पादक कम्पनी र गण्डकी प्रदेशका आयुर्वेद व्यवसायहरुको सहयोगबाट जुटेको जानकारी गराए।

आयुर्वेद चिकित्सकहरुले नयाँ नयाँ  भेरियण्टलाई लक्षित गरि फरक फरक मिश्रण फर्मुला सिफारिस गरे बमोजिम खल मिश्रणद्वारा तयार पारिएको औषधिले संक्रमितहरुलाई सोचेभन्दा छिटो रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरि कोरोनामुक्त बनाउन सहयोग पुर्‍याएको अनुभव हामिलाइ विभिन्न माध्यमबाट जानकारी आइरहेको हुदा  सो  सकारात्मक कार्यले झन  काम गर्ने उर्जा बढेको  संघका सह –सचीव लक्ष्मी शर्मा चापागाईंले बताउदै हामी हाम्रो सेवाप्रती अनबरत रुपमा लागिरहेको जानकारी गराए।

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ गण्डकि प्रदेशले कोरोना विरुद्ध लड्न कृष्ण राउतको संयोजकतामा आयुर्वेद स्वयंसेवक र डा. दीपक भुषालको संयोजकतामा आयुर्वेद स्वास्थ्यपरामर्श उपसमिति गठन गरि कार्य अगाडि  बढाइरहेको छ।  आयुर्वेद स्वास्थ परामर्श समितिमा आयुर्वेद चिकित्सक समूह रहेको छ जुन समूहले संक्रमितहरुलाइ निःशुल्क स्वास्थ्य परामर्श सेवा दिइरहेको छ।

नेपाल आयुर्वेद औषधि व्यवसायी संघले गण्डकी प्रदेशले अभियान अन्तर्गत  यसअघि कास्की जिल्लाका आन्न्पुर्ण ६ लुम्ले, माछापुच्छ्रे गाउँपालिका, स्याङ्जा जिल्लाका पुतलीबजार ६, टक्सार , फेदिखोला गाउँपालिका र वालिङ नगरपालिका, तनहुँ  जिल्लाका ब्यास नगरपालिका र भानु नगरपालिकाका २ वडा , पर्वत जिल्लाका मोदि गाउँपालिका , कुश्मा नगरपालिका र माहाशिला गाउँपालिका, बाग्लुङ जिल्लाका बाग्लुङ नगरपालिका, म्याग्दी जिल्ल्लाका बेनि नगरपालिका,जिल्ला प्रहरी कार्यलय र कारागार, गोर्खा जिल्लाको पालुङटार नगरपालिका र नवलपुर जिल्लाका गैडाकोट नगरपालिका र कावासोती नगरपालिकाका संक्रमीतहरुका लागि रोग प्रतिरोध क्षमता वृद्धि गर्ने आयुर्वेद औषधि  हस्तान्तरण गरिसकेको छ ।

images
प्रकाशित मिति :आषाढ ३०, २०७८ बुधवार - २१:३५:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology