Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अदालत, प्रहरी, प्रेस कमजोर भए देश कमजोर हुन्छ, लोकतन्त्र रहदैनः रास्वपा सभापति रवि लामिछाने

अदालत, प्रहरी, प्रेस कमजोर भए देश कमजोर हुन्छ, लोकतन्त्र रहदैनः रास्वपा सभापति रवि लामिछाने

images

इच्छाकामना न्युज

२१, कार्तिक २०८३
अदालत, प्रहरी, प्रेस कमजोर भए देश कमजोर हुन्छ, लोकतन्त्र रहदैनः रास्वपा सभापति रवि लामिछाने
images

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अदालत, प्रहरीलगायत सार्वजनिक निकायका बारेमा अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् ।

चितवनमा आज कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सभापति लामिछानेले चोक–चोकमा गरिने गलत टिकाटिप्पणीले सार्वजनिक निकायहरु कमजोर हुने बताए । ‘अदालत, प्रहरी, प्रेसलगायत भए भरका संस्था कमजोर भए देश कमजोर हुन्छ, लोकतन्त्र रहन सक्दैन’–सभापति लामिछानेले भने । उनले यस्तो अवस्थामा जति गरे पनि देश विकास गर्न नसकिने र गफ गर्ने ठाउँ मात्रै रहने भन्दै सचेत रहन आग्रह गरे ।

सभापति लामिछानेले देशमा सुशासन कायम गर्न भ्रष्टचार रोक्न जेल कोच्नु पर्ने विषय विगतमा रास्वपाले नै जोडदार उठाएको भन्दै त्यसलाई कार्यान्वयन गर्दा भने ख्याल गर्नुपर्नेमा जोड दिए । उनले विधिको सासनको माध्यमबाट अनुसन्धान गर्ने र दोषी देखिए कारवाही गर्नु पर्ने बताए । तर पहिले कोच्ने पछि बल्ल सोच्ने काम गर्न नहुने उनको भनाई छ ।

images
प्रकाशित मिति :कार्तिक २१, २०८३ शुक्रवार - १६:४३:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology