Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अख्तियार दुरुपयोग अनुसन्धानले सामाजिक सुरक्षा भत्ता हिनामिना प्रकरणमा पाँच जना विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धानले सामाजिक सुरक्षा भत्ता हिनामिना प्रकरणमा पाँच जना विरुद्ध मुद्दा दायर

images

इच्छाकामना न्युज

२१, कार्तिक २०८३
अख्तियार दुरुपयोग अनुसन्धानले सामाजिक सुरक्षा भत्ता हिनामिना प्रकरणमा पाँच जना विरुद्ध मुद्दा दायर
images

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा ओखलढुङ्गाको लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरूसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीनानाथ चौधरी, लिखु गाउँपालिकाको ९ नम्बर वडाका वडाध्यक्ष शुकवीर तामाङ र पालिकाको एमआइएस अपरेटर खिला विकविरुद्ध मुद्दा दायर गरेको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिृकत दर्जीविरुद्ध रु नौ लाख ५३ हजार ६००, गुप्ताविरुद्ध रु ११ लाख ६७ हजार २००, चौधरीविरुद्ध रु सात लाख ९४ हजार ४००,वडाध्यक्ष तामाङ र जिआइएस अपरेटर विकविरुद्ध जनही रु.३१ लाख ६७ हजार २०० र भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ११ बमोजिम कैद सजायसमेत माग गरेको छ । निजहरुले विभिन्न आर्थिक वर्षमा मृत्यु भइसकेका लाभग्राहीको लगत कट्टा नगरी भत्ता वितरण गरेको देखाइ रु ३१ लाख ६७ हजार २०० हिनामिना गरेको पुष्टि भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
 
 

images
प्रकाशित मिति :कार्तिक २१, २०८३ शुक्रवार - १८:०७:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology