Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

बारपाक सुलिकोट गाउँपालिकाका ३ कर्मचारी र १ ठेकेदारका विरुद्ध अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर

बारपाक सुलिकोट गाउँपालिकाका ३ कर्मचारी र १ ठेकेदारका विरुद्ध अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर

images

इच्छाकामना न्युज

२७, आषाढ २०७८
बारपाक सुलिकोट गाउँपालिकाका ३ कर्मचारी र १ ठेकेदारका विरुद्ध अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर
images

गोरखा, २७ असार । बारपाक सुलीकोट गाउँपालिकाका यसअघिका प्रमुख प्रशासकीय अधिकृत सहित चारजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिव गुरुङ, लेखापाल गंगाबहादुर घले, इन्जिनियर सुजन अंगाई र ठेकेदार अमर गुरुङविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

आपसी मिलेमतोमा सो गाउँपालिका ७ को झाक्रीचोक, धारापानी, देउराली, बहाँकोट सडक निर्माण गर्दा वास्तविक कामभन्दा बढी नाप गरेर बिलभरपाई पास गरी रकम भुक्तानी गरेको दायर गरिएको उजुरी पत्रमा उल्लेख छ ।

उनीहरु चार जनाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ वमोजिमको कसुर गरेको अख्तियारले पुष्टि गर्दै उनीहरुलाई बिगो तीनलाख ६८ हजार चारसय २० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय (३) बमोजिम सजाय हुन र दफा १७ वमोजिम उक्त बिगो असुल हुनसमेत मागदाबी गरी मुद्धा दायर गरिएको छ ।

images
प्रकाशित मिति :आषाढ २७, २०७८ आइतवार - २०:५५:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology