Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

उदयुपरका २७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

उदयुपरका २७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

images

इच्छाकामना न्युज

२१, कार्तिक २०८३
उदयुपरका २७ परिवारलाई जग्गाधनी पुर्जा वितरण
images

उदयपुर । त्रियुगा नगरपालिकामा २७ भूमिहीन परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । नगरपालिकाको वडा नम्बर ३ र ५ का २७ परिवारलाई बिहीबार लालपुर्जा वितरण गरिएको हो । त्रियुगा नगरपालिकाको कार्यालयमा आयोजित समारोहमा प्रतिनिधिसभा सदस्य पारसमणि गेलालले भूमिहीन दलित परिवारलाई पुर्जा हस्तान्तरण गर्नुभयो ।

पहिलो चरणमा त्रियुगा नगरपालिका–३ का १३ र वडा नम्बर ५ का १४ भूमिहीन दलित परिवारलाई पुर्जा वितरण गरिएको छ । जिल्ला भूमि आयोग उदयपुरले कानुनी प्रक्रिया पूरा गरेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिएको त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतले जानकारी दिनुभयो ।

लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित स्थानीयले लालपुर्जा पाएसँगै जग्गामा कानुनी अधिकार प्राप्त गरेका छन् । सरकारी लक्ष्यअनुसार पुर्जा वितरणलाई तीव्रता दिइएको जिल्ला भूमि आयोग उदयपुरका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताउनुभयो ।

स्थानीय तहले जग्गाको नापजाँच गरी आवश्यक कागजात तयार पार्छन् । त्यसपछि आयोगले कागजातको अध्ययन तथा कानुनी प्रक्रिया पूरा गरी अन्तिम स्वीकृति दिएपछि जग्गाधनी पुर्जा वितरण गरिन्छ ।

प्रजिअ शाहीका अनुसार शुक्रबार कटारी नगरपालिकामा ११ घरपरिवारलाई र रौतामाई गाउँपालिका–७ मा ६५ घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरिएको बताउनुभयो । चौदण्डीगढी नगरपालिकामा ३२ र बेलका नगरपालिकामा ४५ घरपरिवारको लालपुर्जा वितरणका लागि तयार गरिएको उहाँले जानकारी दिनुभयो ।

“लालपुर्जा तयार भएका पालिकालाई वितरण प्रक्रिया अघि बढाउन भनेका छौँ । अन्य पालिकाबाट आएका कानुनी प्रक्रिया पूरा भएका कागजातको पनि अध्ययन भइरहेको छ,” शाहीले भन्नुभयो । भूमि आयोगका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा लालपुर्जा वितरणको प्रक्रिया अघि बढिरहेको छ । कानुनी प्रक्रिया पूरा भएका परिवारलाई क्रमशः जग्गाधनी पुर्जा वितरण गरिने आयोगले जनाएको छ ।

 
 

images
प्रकाशित मिति :कार्तिक २१, २०८३ शुक्रवार - १५:०५:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology