Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तेजविलासका केहि मुक्तकहरु

तेजविलासका केहि मुक्तकहरु

images

तेजविलास

२६, आषाढ २०७८
तेजविलासका केहि मुक्तकहरु
images

(१)
जब शक्तिले अनुहार झलमल्ल हुन्छ 
तब हिंड्नुपर्ने बाटो अलमल्ल हुन्छ ।
दुबिधा मान्नु पर्ने केही छैन महाशय 
भोकाहरुको घरभित्रै खलबल हुन्छ ।।

(२)
जालझेल प्रपन्च सबैमा अब्बल मानियो 
विरोध गर्नेहरुलाई शक्तिआडमा हानियो । 
घोषणा पत्र किन चाहियो मूल्यांकन गर्न 
आफूले खाएपछि अरुको भागै मासियो ।।

(३)
असल असल बिचबाट रोज्न पाए पो प्रजातान्त्र 
कमसल कमसल बिच छानिनु के–को प्रजतन्त्र ? 
आफै तल झरेर ब्यापार बढाउन बन्छन् प्रतिनिधि 
हामी खोज्दै हिंड्छौ तथापि पाउदैनौ प्रजातन्त्र ।।

(४)
म सबै जान्दछु क्या! महान भने आसेपासेले 
म यो जान्दछु क्या !खत्तम भने आसेपासेले ।
जब ठूला लगानी कर्ताको धन आयो सत्तामा 
हो यस्तो पो त! जयजयकार गरे आसेपासेले ।।

(५)
बन फाडिएको छ प्रतिवर्ष खासै चिन्ता छैन 
सम्पदा मासिएको प्रति खासै चिन्ता छैन ।
प्रकाशन गरेकै छ हामीले हाम्रो चुच्चे नक्सा 
जनजीविका र राज्य सीमा खासै चिन्ता छैन ।।

images
प्रकाशित मिति :आषाढ २६, २०७८ शनिवार - २३:१२:११ बजे

तेजविलास

लेखक तेजविलास साहित्यकार हुन्।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology